दोलखामा छोराले नै आमाको गैरकानुनी गर्भपतन गराएपछि…
आवाज संवाददाता २९ चैत्र २०७७, आईतवार
रवीन्द्र गौतम । दोलखा
चैत २९, दोलखा । दक्षिणी दोलखाको मेलुङ गाउँपालिका–७ की करिब ४० बर्षिय एकल महिलाको अवैध सम्बन्धका कारण ८ महिनाको गर्भलाई छोरा नै संलग्न भएर पतन गराएपछि प्रहरीलाई कानुनी जटिलता पैदा भएको छ ।
करिब ५ बर्षदेखि एकल ति महिलासँग छिमेककै करिब ४५ बर्षिय बयस्कले स्थानीय बजारमा जाने क्रममा जवरजस्ती सम्वन्धको कारण रहन गएको ८ महिने गर्भलाई चैत ५ गते छोराकै उपस्थितिमा गर्भपतन गर्दा महिलाको ज्यान जोखिममा परेर प्रहरीकहाँ उजुरी परेपछि कानुनी जटिलता पैदा भएको हो । दोलखाका प्रहरी प्रमुख डीएसपी भेषराज रिजालले कुन कानुन अन्र्तगत मुद्दा दर्ता गर्ने अन्योलता रहेको कारण उजुरी दर्ता गर्न नमिलेको बताए ।
एकल महिलाको २१ बर्षिय छोराले भने, ‘आमाको ज्यान बचाउन गर्भपतनको लागि आफैँ गएको हुँ ।’ उनले थपे, ‘एक्कासी विरामी भए पछि आमालाई सोधपुछ गर्दा गर्भको कुरा आयो र त्यो मान्छेलाई बोलाएर गर्भपतन गराउन काठमाण्डौं कलंकी गएका हौँ ।’ एकल महिलाले एक भीडीयोमा आफूलाई जवरजस्ती रातारात गर्भपतन गर्न काठमाण्डौं लगेको बताएकी छन् ।
डीएसपी रिजालले उजुरी दर्ता गर्न नमानेपछि महिलाले न्याय र उपचार नपाउने सम्भावना बढ्दै गएको छ । गर्भपतन गरेपछि पोषिलो खानेकुरा र अन्य उपचारको अभावमा ति एकल महिला थलिँदै गएपछि गाउँलेहरुले उपचारको लागि चरिकोट अस्पताल ल्याए पछि घटना बाहिरिएको थियो । डीएसपी रिजालले गर्भपतन गरेको क्षेत्र आप्mनो कार्यक्षेत्र भित्र नपर्ने भएकोले कानुनी जटिलता आएको जिकिर गरेका छन् ।
चरिकोट अस्पतालमा एकद्वार संकट व्यवस्थापन (ओसीएमसी)मार्फत महिलाको निशुल्क उपचार गरिए पनि जनप्रतिनिधि र प्रहरीको दवावमा सुत्केरी अवस्थाको उपचार नगरि मानसिक अस्पताल पाटनमा रिफर गरिएको पाईएको छ । सुत्केरी ति महिलाको मानसिक अस्पताल पाटनमा मानसिक रोगको उपचार भईरहेको बुहारीले बताएकी छन् ।
मेलुङ गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र चरिकोट अस्पतालले देखाएको व्यवहारहरु पीडकलाई जोगाउने खालको रहेको महिलालाई अस्पताल पु¥याउने छिमेकीहरुको गुनासो छ । सामान्य अवस्थामा नेपालको कानुनमा १२ हप्तासम्मको गर्भपतनलाई कानुनी मान्यता दिएको छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।