दाेलखाकाे सिंगटीमा बाेलेराे दुर्घटना हुँदा ४ जनाकाे मृत्यु, १७ घाईते

 आवाज संवाददाता     ३१ चैत्र २०७७, मंगलवार

रवीन्द्र गाैतम । दाेलखा

चैत ३१, दाेलखा । उत्तरी दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा राति बाेलेराे दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । १७ जना घाईते भएका छन् ।

वागमती प्रदेश ०१०२३ च७५८० नम्बरको बाेलेराे सोमबार राती करिब ११ बजेतिर सिँगटी चारगोलाईमा दुर्घटना हुँदा बिगु गाउँपालिका–३ का ३५ बर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीय राधा खत्री र २४ वर्षीय चन्डिका खड्काकाे मृत्यु भएकाे प्रहरी निरीक्षक रञ्जन काेईरालाले जानकारी दिए ।

घाइते हुनेमा बिगु गाउँपालिकाकी २७ वर्षीय सविना श्रेष्ठ, तीर्थकुमारी खड्का, कान्छीमाया श्रेष्ठ, तुलाकुमारी श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, चेतविक्रम खड्का, चन्द्रकुमारी खड्का, श्रीराम खड्का, कविता खड्का, सुस्मिता श्रेष्ठ, तुलकुमारी श्रेष्ठ, कीर्तनदेवी कार्की, लक्ष्मी बुढाथोकी, उर्मिला खड्का, सलोम खड्का र चालक किशोर खड्का पनि घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरूको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका १० महिने शिशु भने सकुशल रहेको प्रहरी निरीक्षक काेईरालाले बताए । उनीहरू सबै विगु-२, स्थित तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गर्दा दुर्घटनामा परेकाे प्रहरीकाे भनाइ छ । क्षमताभन्दा बढी यात्रु बोकेको बाेलेराेले उकालाेमा तान्न नसक्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीकाे प्रारम्भिक अनुमान छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।