कांग्रेस दाेलखाकाे क्रियाशील सदस्य संख्या १२ हजार पुग्याे
आवाज संवाददाता १५ बैशाख २०७८, बुधबार
बैशाख १५, दाेलखा । नयाँ नेतृत्वकाे लागि अधिवेशन नजिकिँदै गर्दा दोलखा कांग्रेसले क्रियाशिल सदस्यको टुंगाे लगाएकाे छ ।
काँग्रेस दाेलखाकाे बुधबार बसेकाे बैठकले ६ हजार ८ सय ३ नयाँ क्रियाशिल सदस्यता स्वीकृत गरेकाे हाे ।
करिब एकवर्षदेखि फारम भरेर बुझाएका मध्ये साे संख्याकाे क्रियासिल सदस्य स्वीकृत गरिएकाे नेपाली काँग्रेस दाेलखाका सभापति रुद्रबहादुर खड्काले जानकारी दिए ।
सभापति खड्काका अनुसार दोलखामा नयाँ क्रियाशिल सदस्य ६ हजार ८ सय ३ र नविकरण ५ हजार २ सय ६२ गरि क्रियासिल सदस्यको संख्या १२ हजार ६५ पुगेका छन् ।
उनकाअनुसार जिल्लामा सबैभन्दा धेरै भीमेश्वर नगरपालिकामा २५ सय ५०, कालिञ्चोक गाउँपालिकामा १९ सय ५० , विगु गाउँपालिकामा ६ सय ३५ , शैलुङमा ९ सय ३०, मेलुङमा १४ सय ५० रहेका छन् । त्यस्तै तामाकोसी गाउँपालिकामा १३ सय ५०, जिरी नगरपालिकामा ९ सय २०, वैतेश्वरमा ९ सय ९० र गौरीशंकरमा ८ सय २५ रहेको सभापति खड्काले बताए ।
कांग्रेसको आगामी २०७८ असार ५ गतेका दिन देशभरका वडा अधिबेशन, असार ७ गतेका दिन गाउँ तथा नगर अधिबेशन, साउन १ प्रदेश अन्तर्गतको क्षेत्रीय अधिबेशन र साउन ३ गते जिल्ला अधिबेशन गर्न केन्द्रीय समितिले निर्देशन गरेको दोलखा कांग्रेसले जनाएको छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।