अपडेट लामावगरमा पहिरो ३ जनाको मृत्यु, ४ बेपत्ता (नामावली सहित)

 आवाज संवाददाता     १६ भाद्र २०७३, बिहीबार

दोलखा, भदौ १६÷दोलखाको लामाबगर गाविस वडा नम्बर ४ छ्योत छ्योतमा बुधवार राति गएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएको छ ।
अविरल बर्षा पछि बुधवार राति करिब १० बजे तिर आएको पहिरोले ४ घर पुरीदा २१ बर्षिय बडुले तमाङ, ४० वर्षिय पातमाया तमाङ रहेका र पेममाया तमाङको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताए ।
पहिरोमा परी मङ्गले तमाङ  बर्ष ४५, क्षयोसाङ तमाङ बर्ष २, त्रिसि तमाङ बर्ष २५र सतमाई तमाङ बर्ष ७० हराई रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । पहिरोमा परी स्थानिय मिनबहादुर ठकुरी घाईते भएको प्रहरीले जनाएको छ ।
राति अबेर पहिरो गएकोले विहिवार विहानबाटमात्र उद्धार कार्य सुरु गरिएको थियो । अहिले प्रहरी नायव उपरीक्षक रविन कार्की, शसस्त्रका प्रहरी नायव उपरीक्षक खेमबहादुर मगर, रणभीम गणका मेजर अमित लामा, क्याप्टेन भरत पुरीको टोलिले उद्धार तथा खोजि कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

 

लामाबगरमा पहिरो, ७ बेपत्ता, ४ घर पुरिए

बिहिबार, भदौ १६, २०७३        07:43

वर्षाका कारण बुधबार राती पहिरो जाँदा लामाबगर ४ छ्योत्छ्योतमा ४ घर पुरिएका छन् । पहिरोमा परी ७ जना बेपत्ता भएका छन् भने एकजना घाइते भएका छन् ।
छ्योतछ्योतबाट सिमीगाउँ जाने बाटो नजिक खोला छेऊमा गएको पहिरोले ४ घर पुर्ण रुपमा क्षति भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बिहिबार विहानैदेखि परिचालित भई उद्धारको कार्य जारी छ ।
खुट्टा भाँचिएर घाइते भएका एकजनालाई उपचारको लागि गाेँगर पठाइएकाे उनले जानकारी दिए । राती १० बजेतिर पहिरोको आवाज सुनिएको गौरीशंकरका मदन खड्काले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF