काेराेना संक्रमणले चरिकाेटकी २९ बर्षिय युवतीकाे मृत्यु

 आवाज संवाददाता     १९ बैशाख २०७८, आईतवार

रवीन्द्र गाैतम । दाेलखा

बैशाख १९, दाेलखा । दोस्रो लहरको कोरोना संक्रमणले दोलखाकी २९ बर्षिय युवतीको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका-६, चरिकोट घर भएकी २९ वर्षिय युवतीको कोरोना संक्रमणका कारण आईतबार बिहान भक्तपुर ईन्टरनेशनल हस्पिटलमा मृत्यु भएको हो ।

जात्रा हेर्न भक्तपुर माइती गएको बेला विरामी भएकाेले उनकाे पीसीआर टेष्ट गर्दा संक्रमण देखिएकाे बताईएको छ । उनकाे परिवारमा बुबा, आमालाई पनि संक्रमण देखिएकाेमा आमालाई निकाे भईसकेकाे परिवार स्राेतले बताएकाे छ । बुबा अझै अस्पतालमा उपचाररत रहेकाे स्राेतकाे भनाई छ ।

उनले चरिकाेट आउँदा आउँदै संक्रमणकाे खबर पाएपछि छुट्टै बसेकि परिवार स्राेतले जनाएकाे छ । उच्च ज्वराे देखिएपछि स्थानीय अस्पतालमा उपचार सम्भव नभएर पुनः मंगलबार भक्तपुर लगिएकाे परिवार स्राेतले बताएकाे छ ।

मृतक युवतीकाे तथ्यांक भक्तपुर जिल्लाले राख्ने स्वास्थ्य कार्यालय दाेलखाका प्रमुख अर्जुन पाैडेलले बताए । उनकाे सम्पर्कमा गएकाहरूलाई ट्रेसिङकाे काम अघि बढिसकेको र लक्षणकाे अाधारमा उनीहरूकाे टेष्ट हुने प्रमुख पाैडेलले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।