कोरोनाले मृत्यु भएकी चरिकोटकी युवतीको परिवारलाई संक्रमण देखिएन

 आवाज संवाददाता     २० बैशाख २०७८, सोमबार

बैशाख २०, दोलखा । दोस्रो लहरको कोरोना संक्रमणले आइतबार मृत्यु भएकी २९ बर्षिय युवतीको परिवारका अन्य ३ जनाको कोरोना संक्रमण परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

भीमेश्वर नगरपालिका–६, चरिकोट घर भएकी २९ वर्षिय युवतीको कोरोना संक्रमणले आईतबार बिहान भक्तपुर ईन्टरनेशनल हस्पिटलमा मृत्यु भए लगत्तै उनको ससुरा, श्रीमान् र देवरको स्वाबको परिक्षण गर्दा सोमबार बिहान पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

युवतीलाई उच्च ज्वरो आए पछि स्थानीय अस्पतालदेखि एम्बुलेन्समा भक्तपुरसम्म लैजाने र स्याहारसुसार गरेका ३ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको परिवार स्रोतले बताएको छ । आफूहरु कम्तिमा एकहप्ता होम आईसोलेसनमा बस्ने बताएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।