दोलखा प्रहरीले संकलन ग¥यो २६ सिलिण्डर अक्सिजन
आवाज संवाददाता २६ बैशाख २०७८, आईतवार
रवीन्द्र गौतम । दोलखा
बैशाख २६, दोलखा । कोरोना भाइरस संक्रमित विरामीको उपचारमा प्रयोग गर्ने गरी दोलखा प्रहरीले खाली तथा भरिएको गरि २६ थान अक्सिजन सिलिण्डर संकलन गरेका छ ।
जिल्लाका अस्पतालहरूमा कोरोना भाइरस संक्रमित बिरामीको उपचारार्थ वितरणका लागि प्रहरीले विभिन्न क्षेत्रबाट २६ थान अक्सिजन सिलिण्डर संकलन गरेको हो ।
विभिन्न क्षेत्र तथा जलविद्युत् आयोजनाहरुसँग अक्सिजन सिलिण्डर माग भईरहेको र आईपुग्ने क्रम अझै जारी रहेको दोलखा प्रहरीका सूचना अधिकारी अञ्जन कोइरालाले जानकारी दिए ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले शनिबार विभिन्न क्षेत्रसँग भएको अक्सिजन सिलिण्डर संकलन गरेर कोरोना भाईरस संक्रमितको उपचारको लागि प्रयोग गर्ने निर्णय गरेको थियो ।
प्रहरीले उद्योग, कलकारखाना, कवाडी संकलन केन्द्रबाट संकलित ४ थान भरिएको सहित २६ थान अक्सिजन सिडिण्डर संकलन गरेको दोलखा प्रहरीले जनाएको छ ।
प्रहरीले इलाका प्रहरी कार्यालय सिंगटीबाट ७ थान र चरिकोट आसपास तथा विभिन्न क्रसर उद्योगहरुबाट गरी १९ थान सिलिण्डर संकलन गरेको हो ।
अस्पतालमा संक्रमित बिरामीको चाप बढ्दै गएको र भर्ना भएका अधिकांशलाई अक्सिजन आवश्यक रहेको भन्दै अस्पतालका चिकित्सकहरुले ग्यास सिलिन्डर सहयोग गर्न अपिल गरिरहेका छन् ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।