दोलखामा कोरोनाबाट एक पुरुषको मृत्यु
आवाज संवाददाता २७ बैशाख २०७८, सोमबार
रवीन्द्र गौतम । दोलखा
बैशाख २७, दोलखा । दोलखामा कोरोना भाइरसको संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका-८, सुनखानीका ५० बर्षिय कूलबहादुर विश्वकर्माको सोमबार करिब साढे १२ बजे मृत्यु भएको चरिकोट अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानले जानकारी दिए ।
चरिकोट अस्पतालको एचडीयु कक्षमा ४ दिनदेखि उपचाररत ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई करिब एकहप्ता अघि कोरोना संक्रमण पुष्टी भएको र साथसाथै निमोनिया समेत भएकोले एचडीयु कक्षमा उपचार भईरहेको थियो ।
विश्वकर्माको मृत्यु बारे जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिलाई जानकारी गराईसकिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । मृतकको शबलाई नेपाली सेनाको चरिकोटस्थित तारादल गणका विशेष टोलीले दाहसंस्कार गर्ने जनाईएको छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।