दोलखामा ६२ थपिए १६ जना संक्रमण मुक्त
आवाज संवाददाता १३ जेष्ठ २०७८, बिहीबार१३ जेठ २०७८
दोलखा/जिल्लामा आज (विहिवार) ६२ जनामा संक्रमण पुष्टि भएको छ भने आजै १६ जना कोरोना मुक्त भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाबाट प्राप्त तथ्याङ्क अनुसार १६२ जनाको परिक्षणमा ६२ जनामा कोरोना पुष्टि भएको जनाईएको छ । प्राप्त जानकारी अनुसार भीमेश्वर नगरपालिकामा छ जना पुरुष र पाँच जना महिला गरी ११ जना, तामाकोसी गाउँपालिकामा १४ पुरुष ११ महिला गरी २५ जना, कालिञ्चोक गाउँपालिकामा ७ पुरुष ३ महिला गरी १० जना, विगु गाउँपालिकामा २ पुरुष ५ महिला गरी ७ जना, गौरीशंकर गाउँपालिकामा ३ पुरुष ४ महिला गरी ७ जना तथा शैलुङमा १ महिला र बैतेश्वर गाउँपालिकामा १ पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।