दोलखामा आज १०५ जना संक्रमण मुक्त भए भने ९२ थपिए

 आवाज संवाददाता     १४ जेष्ठ २०७८, शुक्रबार

१४ जेठ २०७८
दोलखा/जिल्लामा आज (शुक्रवार) १०५ जना कोरोना मुक्त भएका छन् भने ९२ जनामा संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा १९२ जनाको पिसिआर टेष्ट गर्दा ९० जना र ३३ जनाको एन्टिजिन परिक्षण गर्दा २ जना गरी ९२ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाबाट प्राप्त तथ्याङ्क अनुसार जिल्लामा आज उल्लेख्य रुपमा कोरोना मुक्त भएका छन् । जसमा भीमेश्वर नगरपालिकाबाट १७ पुरुष र २७ महिला, तामाकोसी गाउँपालिकाबाट ७ पुरुष र १२ महिला, मेलुङ गाउँपालिकाबाट १ पुरुष, गौरीशंकर गाउँपालिकाबाट २ पुरुष, कालिञ्चोक गाउँपालिकाबाट २ पुरुष ७ महिला, शैलुङ गाउँपालिकाबाट ६ पुरुष र ४ महिला तथा बैतेश्वर गाउँपालिकाबाट १५ पुरुष र ५ महिला समेत १०५ जना कोरोना मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
त्यसैगरी आज भीमेश्वर नगरपालिकामा १० पुरुष र १६ महिला, जिरी नगरपालिकामा १ पुरुष, विगु गाउँपालिकामा ८ पुरुष ११ महिला, कालिञ्चोक गाउँपालिकाबाट १० पुरुष १० महिला, बैतेश्वर गाउँपालिकाबाट २ पुरुष १ महिला, तामाकोसी गाउँपालिकाबाट १४ पुरुष र ९ महिला रहेका छन् । उनिहरु सबै होम आइसोलेसनमा रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार हालसम्म चरिकोट अस्पतालमा ४ जना एचडियु र १९ जना आइसोलेसन वार्डमा, तामाकोसी कोभिड अस्पतालमा ५ जना, सिंगटी अस्पतालमा १४ जना, जिरी अस्पतालमा १ जना र बैतेश्वर अस्पतालमा ५ जना आइसोलेसन वार्डमा रहेका छ भने चरिकोट अस्पतालबाट हालसम्म ७ जना विरामीको रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालयले आजको तथ्याङ्कमा जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।