हाईड्रोजन \अक्सिजन जेनेरेटर हस्तान्तरण
आवाज संवाददाता २१ जेष्ठ २०७८, शुक्रबार
आवाज सम्बाददाता
जेष्ठ,२१,
चीनीया कम्युनिष्ट पार्टीको सौजन्यमा राष्टिय प्रजातन्त्र पार्टी दोलखा मार्फत प्राप्त हाइड्रोजन÷अक्सिजन जेनेरेटर जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका संयोजक राजनबहादुर शिवाकोटीले सो जेनेरेटर शुक्रवार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरित हाईड्रोजन÷अक्सिजन जेनेरेटर शुक्रवारनै प्रस्तावित चरिकोट अस्पत्तालका अध्यक्ष एवं भीमेश्वर नगरपालिकाका मेयर भरत केसी लाई प्रमुख जिल्ला अधिकारी घिमिरेले हस्तान्तरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले बताएको छ ।
एक मिनेटको समयावधिमा करिब ३ लिटर अक्सिजन तथा ३ लिटर हाइड्रोजन तयार गर्ने सो उपकरणको क्षमता रहेको छ । जेनेरेटरको मूल्य करिब ३० लाख पर्ने बताइएको छ । चीनमा कोभीड संक्रमितको उपचारमा ब्यापक रुपमा यसको प्रयोग हुने गरेको थियो । विद्युत गएको समयमा पनि यसमा रहेको ब्याकपको मद्दतले अक्सिजन उत्पादन भइरहने बताइएको छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।