लकडाउनका विच सामाजिक दुरी कायम गर्दै निर्माण कार्य द्रुत गतिमा

 आवाज संवाददाता     १ असार २०७८, मंगलवार

आवाज सम्बाददाता
असार,१,चरिकोट

भीमेश्वर नगरपालिका का भित्रका विभिन्न सडक निर्माणको काम समाजिक दुरी कायम गर्दै कोरोना करहरका विचमा पनि निर्माण ब्यावसायीहरुहरुले द्रुत गतिमा गरिरहेका छन् । कोशी एन्ड न्यौपाने÷खम्पाचे जेभीले नगर भित्रका सडकहरुको निर्माण लाई लकडाउनका विचमा पनि निरन्तरता दिएको हो ।

१० करोड ८४ लाख मा ठेक्का कबुल गरेको मध्ये जेभीले भीमेश्वर नगरपालिका भित्रका कालिञ्चोक मावि– अपर रोड जोड्ने सडकको ४५० मिटर सडक खण्डमा पिच गर्ने तथा पेटी निर्माण गर्ने काम सम्पन्न भएको खम्पाचे निर्माण सेवाका प्रतिनिधि श्याम गौतमले बताए । यसैगरी भीमेश्वर नगरपालिका वडा नम्बर २ मा रहेको बाल कुमारी सडकमा १३५० मिटर सडक नाली तथा अन्य स्ट्रक्चरको निर्माण करिब सम्पन्न भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ३ स्थित पशुपती मन्दिर देखि गौरिशंकर क्याम्पस सम्म ३ सय ९० मिटर पिचको काम भइरहको गौतमको भनाई छ ।

यस्तै नगरपालिका भवन देखि पाखाटोल सम्मको करिब एक किलोमिटर लामो सडकमा सडक फराक पार्ने तथा ग्राबेल विच्छाउने काम भइरहेको खम्पाचे निर्माण सेवाले बताएको छ । यस्तै सोही ठेक्का अन्तर्गतको भ्युटावर सडकको २४ सय मिटर मा सडक चौँडा गर्ने तथा ग्रावेलको काम भइरहेको छ ।
२०७५ सालमा सघन शहरी तथा भवन निर्माण आयोजनाले ठेक्का लगाएका कामहरु यो आर्थिक वर्षको अन्त्य सम्ममा पुरा हुने चरणमा पुगेको निर्माण ब्यावसायीको भनाई छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।