नेपाली काँग्रेसका युवा नेताहरुद्वारा काफ्लेको नेतृत्वमा स्वास्थ्य सामग्री हस्तान्तरण

 आवाज संवाददाता     ५ असार २०७८, शनिबार

नवराज शिवाकोटी

असार,५,चरिकोट

नेपाली काँग्रेस सम्बद्ध युवाहरुले लेपाली काँग्रेस दोलखका युवा नेता कुन्दन राज काफ्लेको नेतृत्वमा दोलाका विभिन्न स्थानीय तहरुका स्थास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।कोभीड महामारी सँग जुध्न सहज होस भन्ने उद्देश्यका साथ विदेश तथा स्वदेशमा रहेका नेपाली काँग्रेस नीकट ब्यक्तिहरुबाट सहयोग स्वरुप प्राप्त स्वास्थ्य सामग्रीहरु युवाहरुले स्थानीयतहरुमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गरेका हुन् ।
शैलुङ गाउँपालिका,जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका तथा गौरिशंकर गाउँपालिकाका विभिन्न स्वास्थ्य संथाहरुलाई अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, थर्मलगन, अत्यावश्यक सिटामोल, जिङ्क जस्ता औषधि, पिपिई सेट, सेनीटाइजर, अक्सिमिटर, सर्जिकल माक्स, ग्लोव, सावुन , फेसशिल्ड जस्ता स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री एव. नोपली काँग्रैस दोलखाका युवा नेता कुन्दनराज काफ्लेले बताए । कोभीड माहामारी सँग जुध्न स्वास्थ्य संस्थाहरुलाई सहज होस भन्ने उद्देश्यका साथ स्वास्थ्य संस्थाहरुलाई सामग्री हस्तान्तरण गरिएको काफ्लेको भनाई छ ।

शैलुङ गाउँपालिकाका स्वास्थ्य संस्थाहरुले प्रयोग गर्ने गरी १४ थान अक्जिन सिलिन्डर, जिरी नगरपालिकाको जिरी अस्पत्ताल लाई एक थान अक्सिजन कन्सन्ट्रेटर, बैतेश्वर अस्पत्ताललई एक थान अक्सिजन कन्सन्ट्रेटर तथा गौरिशंकर गाउपालिकामा रहेका स्वास्थ्य संस्थाहरुलाई ८ थान अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाली काँग्रेस दोलखाका युवा नेता गोपि शिवाकोटीले बताए ।
यसैगरी सिगटी प्रहरी तथा जिल्ला कारागर दोलखा लाई पिपिई सेट एन ९५ माक्स अक्सी मिटर तथा थर्मो मिटर जस्ता स्वास्थ्य सामग्र हस्तान्तरण गरिएको सहयोग हस्तान्तरणमा संलग्न नेपाली काँग्रेस दोलखाका अर्का युवा नेता कुमार भुजेलको भनाई छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।