भीमेश्वर नगरपालिकाको बजेट ८८ करोड ५९ लाख
आवाज संवाददाता १० असार २०७८, बिहीबार
नवराज शिवाकोटी
असार,१०,दोलखा
भीमेश्वर नगरपालिकाकाले आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गरेको छ । विहिवार नगरसभा समक्ष नगरपालिका उप्रमुख कमला बस्नेतले ८८ करोड ५९ लाख ५३ हजार पाँचसय अठार रुपैयाको बजेट प्रस्तुत गरेकी हुन् ।
वषयगत रुपमा कुल बजेट मध्ये ४ करोड ४२ लाख ६३ हजार रुपैयाँ आर्थिक विकासमा, ३५ करोड ७२ लाख ६६ हजार पाँचसय सामाजिक विकासमा तथा ३७ करोड ९ लाख ९ लाख २ हजार भौतिक विकासमा विनियोजन गरिएको छ । यसैगरी १ करोड ९८ लाख ५० हजार रुपैयाँ सुशासन तथा अन्तर सम्बन्धित विषयमा तथा अ८ करोड ५५ लाख ९२ हजार अठार रुपैयाँ कार्यलाय संचालन तथा प्रशासनिक क्षेत्रमा विनियोजन गरिएको उपप्रमुख बस्नेतले बताइन् ।
प्रतिशका हिसावले सबैभन्दा बढी भौतिक पूर्वाधारमा कुल बजेटको ४२ दशमलब ७७ प्रतिशत आर्थिक वर्ष २०७८–७९ मा खर्च गरिने बजेट बक्तब्यमा उल्ललेख छ । यस्तै सामाजिक विकासमा ४० दशमलब ०३, कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा ९ दशमलब ६७ र सुशासन तथा अन्तर सम्बन्धि क्षेत्रमा २ दशमलब २७ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
कुल बजेटमा आन्तरिक स्रोतबाट २ करोड ७५ लाख राजश्व उठ्ने अनुमान गरिएको छ भने आर्थिक वर्ष २०७७–७८ बाट जिम्मेवारी सर्ने मौज्दात ७ करोड ३८ लाख रहने नगरपालिकाको अनुमान छ । यसैगरी नेपाल सरकारबाट वित्तीय समानिकरण अनुदान १७ करोड ५४ लाख, सशर्त अुनदान ३५ करोड ५२ लाख र समपुरक अनुदान १ करोड १२ लाख आय प्राप्तहुने अनुमान छ । यस्तै वागमती प्रदेश सरकारबाट समानीकरण अनुदान मार्फत १ करोड ५५ लाख ८२ हजार,शशर्त अनुदान ५ करोड ८७ लाख ४५ हजार र समपुरक अनुदान ३ करोड प्राप्त हुने बजेट बक्तब्यमा उल्लेख छ ।
राजश्व बाँडफाँडमार्फत संघिय सरकारबाट ८ करोड ४९ लाख १३ हजार र बागमती प्रदेश सरकारबाट ५ करोड ३६ लाख १३ हजार पाँचसय अठार रुपैयाँ प्राप्तहुने बजेट बक्तब्यमा अनुमान गरिएको छ ।
बाँझो जग्गा फुटाउँ , खेती लगाउँ अभियान, रोकौं विदेश जान, खोलौ आफ्नै कारखाना, एक घर एक धारा, एक वडा एक जेष्ठ नागरिक आरोग्इ केन्द्र स्थापन गर्ने जस्ता कार्यक्रमहरु बजेट बक्तब्यमा समेटिएको छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।