राप्रपा दोलखाद्वारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

 आवाज संवाददाता     १३ असार २०७८, आईतवार

आवाज सम्बाददाता
असार,१३, चरिकोट
राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको आइतवार जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । दोलखामा कोभीड महामारी सँग जुध्न सहज होस भनी राप्रपाले अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो ।
नेपाल–चाइना ट्रेड एन्ड इन्ड्रस्ट्रीयल एसोसिएसनको सौजन्यमा प्राप्त आठ थान अक्सिजन कन्सन्ट्रेटर दोलखा जिल्लाका विभिन्न स्वास्थ्य चौकिरहरुलाई वितरण गर्न लागिएको राष्ट्रिय प्रजातन्त्रपार्टी दोलखाका संयोजक राजन बहादुर शिवाकोटीले बताए । दोलखाका आठ स्वास्थ्य चौकीहरुलाई कन्सन्ट्रेटर वितरण गर्न लागिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पूर्व जिविस सभापती सुन्दर प्रकाश खड्का, जिल्ला संयोजक राजनबहादुर शिवाकोटी तथा राप्रपा युवा नेता कुमार कार्की ले आईतबार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई  जानकारी गराएका थिए ।
अक्सिजन सिलिन्डर प्रदान गरिने स्वास्थ्य चौकीहरुमा सुस्पाक्षमावती, लामिडाँडा, सुन्द्रावती, कालिञ्चोक,लापिलाङ, झ्याँकु, विगू , तथा मार्बु स्वास्थ्य चौकी रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले जानकारी दिएको छ । सुस्पा क्षमावती स्वास्थ्य चौकी लाई आइतवारनै कन्सन्ट्रेटर हस्तान्तरण गरिने तथा अन्य लाई केही दिन भित्र उपलब्ध गराइने राप्रपा दोलखाका नेता कुमार कार्कीले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।