दोलखामा एक साता निशेधाज्ञा थप
आवाज संवाददाता १४ असार २०७८, सोमबार
चरिकोट, १४ असार ।
दोलखामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पूनः एक साता निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड संकट व्वस्थापन केन्द्र डिसिसिएमसिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दोलखाले एक साता खुकुलो बनाएर निषेधाज्ञा थपेको हो ।
मंगलबारबाट लागु हुने गरी थपिएको निषेधाज्ञाको अवधिमा पसल, व्यापार व्यवसाय, होटल, रेष्टुरेण्ट लगाउत सबै व्यवसाय बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । यसैगरी सरकारी कार्यलयहरु,बैंक तथा वित्तिय संस्थाले भोलिदेखि स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर न्युनतम र आवश्यक कर्मचारीहरुबाट सेवा सञ्चालन गर्ने छन् । निषेधाज्ञाको समयमा जिल्लाभित्र मात्र जोरविजोर प्रणाली अपनाएर सबै किसिमका यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न दिइने निर्णय भएको छ । तर अन्य जिल्लाबाट सवारी साधन आउन तथा अन्य जिल्लामा जान प्रतिबन्ध लगाईएको छ ।
निषेधाज्ञाको समयमा शिक्षण संस्था, सभा, सम्मेलन, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, लगायतका मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका गतिविधी गर्न भने रोक लगाईएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । भिडाभाड हुने धार्मिक, सामाजिक तथा सांस्कृतिक क्रियाकलापहरु गर्न अर्काे आदेश नभएसम्मको लागि प्रतिवन्ध लगाइएको छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।