नेपाल शिक्षक महासंघ भीमेश्वरले बुझायो ध्यानाकर्षण–पत्र

 आवाज संवाददाता     १८ असार २०७८, शुक्रबार

नवराज शिवाकोटी/असार,१८, शुक्रवार

नेपाल शिक्षक महासंघ भीमेश्वर नगर समितिले शिक्षा क्षेत्र तथा शिक्षकका समस्या तत्काल समाधान गर्न माग गर्दै भीमेश्वर नगरपालिका समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।
भीमेश्वर नगर समितिका सहअध्यक्ष इन्द्र बस्नेतको नेतृत्वमा शिक्षकहरुले नगरपालिकाका मेयर भरत केसी समक्ष शुक्रवार ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्रमा शिक्षा तथा शिक्षकका न्यायोचित माग सम्बोधन गर्नुको साँटो समस्या थोपर्ने कार्य मात्र सरकारको तर्फबाट भएको मा शिक्षक महासंघको ध्यानाकर्षण भएको बताईएको छ ।
ध्यानाकर्षण पत्रमा शिक्षक महासंघ, पेशागत संघ संगठनहरुद्वारा नेपाल सरकार सँग गरिएका ३० बुँदे माग कार्यन्वयन गर्ने लगाएत ११ सुत्रीय माग पेश गरिएको नेपाल शिक्षक महासंघ भीमेश्वर नगर समितिका सचीव ध्रुव सापकोटाले बताए ।

ध्यानाकर्षण पत्र बुझाउनु अघि नेपाल शिक्षक संघ दोलखाका अध्यक्ष गोविन्द नारायण मानन्धर तथा शिक्षक महासंघ दोलखाका सह–अध्यक्ष यज्ञ खत्रिले शिक्षा क्षेत्रमा देखिएका समस्या र शिक्षक सँग सम्बन्धित समस्याहरुबारेमा प्रकाश पारेका थिए ।
ध्यानाकर्षण पत्र बुझ्दै भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले शिक्षकका समस्याहरुबारेमा आफू जानकार रहेको बताउँदै शिक्षकहरुका समस्या बारेमा केन्द्रलाई तत्काल जानकारी गराई समस्या समाधानकालागि आग्रह गर्ने आश्वासन दिए ।
आज देशै भरी शिक्षक महासंघले स्थानीय तहमा धर्ना दिने तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत यो कार्यक्रम भएको हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।