चरिकोटका तिनसय ल्यान्ड लाईन टेलिफोन अवरुद्ध
आवाज संवाददाता २२ असार २०७८, मंगलवार
आवाज सम्बाददाता
असार,२२, चरिकोट
भीमेश्वर नगरको सातडोबाटे चोकमा सोमबार बेलुका पहिरो जाँदा सातडोवाटो नयाँ बसपार्क, चरिध्याङ लगायतका क्षेत्रको तिनसय ल्यान्ड लाइन फोन अवरुद्ध भएको छ । नगरपालिकाको ब्यावसायीक भवन निर्माण भइरहेको स्थानमा पहिरो जाँदा पहिरोले टेलिफोन क्याविनेट बगाउँदा ल्यान्डलाईन फोन अवरुद्ध भएको हो । सो क्षेत्रको एडिएसएल इन्टरनेट सेवा पनि अवरुद्ध भएको नेपाल टेलिकम दोलखा शाखाले बताएको छ ।
पहिरोको कारण सातडोवाटोमा रहेको प्रतिक्षालय समेत बगेको छ । अवरुद्ध भएको टेलिफोन सेवा सुचारु गर्न काम भइरहेको नेपाल टेलिकम दोलखाका प्रमुख राजु गिरीले बताए । मंगलवार साँझ सम्म पनि कार्यालय प्रमुख गिरी सहित टेलिकमका प्राविधिकहरु खटिइरहेका थिए ।
नगरपालिका को ब्यावसायिक भवन निर्माणका क्रममा माटो कटिङ गरिएपछि ज्यादै ठूलो कान्लो बनेका कारण पहिरो गएको स्थानीयहरुको भनाई छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।