नेपाल–चाइना ट्रेड एसोशियसनद्वारा दोलखा प्रहरीलाई विपत प्रतिकार्यकालागि समग्री हस्तान्तरण
आवाज संवाददाता २३ असार २०७८, बुधबार
आवाज सम्बाददाता
असार,२३,चरिकोट
नेपाल –चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसिएसनले दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि आवश्यक विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको छ । एशोसिएसनले बुधबार विपत प्रतिकार्य तथा व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको हो ।
हस्तान्तरित सामग्रीहरुमा लाइफ ज्याकेट, ट्रेकिङ ब्याग, रेनकोट, गमबुट, कोदालो, करौती, त्रिपाल, डोरी लगायतका सामग्रीहरु रहेका छन् ।
एशोसियसनकी अध्यक्ष अन्जु पौडेलले दोलखा जिल्लामा यस वर्ष हालसम्म विपत आइनहालेको भएतापनिी विपत आइहालेमा त्यसको व्यवस्थापनका लागि पूर्वतयारी स्वरुप सामग्री दिइएको बताइन । करिब दश लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको नेपाल – चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसिएसन लेबताएको छ । चीनमा कार्यरत नेपाली व्यवसायीहरुको सहयोग मा ति समग्री उपलब्ध गराइएको एसोसियसनको भनाई छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।