गौरिशंकर सामूदायिक पुस्तकालयद्वारा खाद्य सामग्री सहयोग

 आवाज संवाददाता     ३ श्रावण २०७८, आईतवार

श्रावण,३,आइतवार
चरिकोट÷गौरिशंकर सामुदायिक पुस्तकालय, चरिकोटले अपाङ्गता भएका ३० परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । पुस्तकालयले रिड नेपाल र ए एस बी जर्मन को सहयोगमा अपाङ्गता भएका र विपन्न हरुलाई सहयोग गरेको हो ।

आईतवार पुस्तकालयमा आयोजित एक कार्यक्रमका विच उनीहरुलाई चामल,तेल, नुन, सावुन, सेनीटाइजर, माक्स लगाएताका सामगी्रहरु हस्तान्तरण गरिएको गौरिशंकर सामूदायिक पुस्तकालयका अध्यक्ष कृष्ण बहादुर बस्नेतले आवाज अनलाईन लाई बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, तारा दल गणका गणपति अनिल क्षेत्री, प्रहरी नायव उपरीक्षक भेषराज रिजाल, सशस्त्र प्रहरी नायव उपरीक्षक बुद्धिनारायण महर्जन तथा प्रमुख अनुसन्धान अधिकृत राजन शर्माले अपाङ्गता भएका विपन्नहरुलाई ति सामग्री हस्तान्तरण गरेका थिए ।
कोरोना महामारीका बेला आपाङ्गगता भएका विपन्नहरु बढी मारमा पर्ने भएकोले पुस्तकालयले उनीहरुलाई रिड नेपाल र एएसबी जर्मनको सहयोगमा खाद्य सामग्री सहयोग गरेको गौरिशंकर सामूदायिक पुस्तकालयले बताएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।