दोलखा समाज जापानद्वारा स्वास्थ्य सामाग्री तथा खाद्यान्न सहयोग
आवाज संवाददाता ८ श्रावण २०७८, शुक्रबार
साउन,८
चरिकोट÷कोरोनाको कारण मुलुक नै आक्रान्त बनेको बेला दोलखाली नागरिकको स्वास्थ्य सुरक्षा लागी दोलखा समाज जापानले स्वास्थ्य सामाग्री बितरण गरेको छ । समाजले नेपाल पत्रकार महासंघ दोलखा मार्फत उक्त सामग्रीहरु प्रदान गरको हो ।
समाजले जिल्लामा रहेका ८४ वटै सामुदायिक माध्यामिक बिद्यालय लाई थर्मलगन र कोभिड अस्पातलहरुलाई स्वास्थ्य सामाग्रीहरु र विपन्नहरुलाई खाद्य सामग्र नेपाल पत्रकार महासंघ दोलखा मार्फत बितरण गरेको पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाईंले जानकारी दिए ।
समाजले जिल्लाको खरिढुङा प्रहरी चौकी, सातदोबाटे प्रहरी चौकी ,मैनापोखरी प्रहरी चौकी ,जिरी इलाका प्रहरी कार्यालय,सिंगटी इलाका प्रहरी कार्यालय,गोंगर प्रहरी चौकी लाई थर्मलगने सहयोग गरेको छ ।
शिक्षा विकास तथा समन्वय ईकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठलाई जिल्लाका सरकारी सबै माध्यमिक बिद्यालयलाई थर्मलगन र अस्पतालहरुलाई स्वास्थ्य सामग्रहरु एक समारोहका विच नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाई ले प्रदान गरेको दोखलखा जापान समाजले बताएको छ ।
यसैगरी कालिञ्चोक गाउँपालिका का कोरोनाका कारण जिबनयापनमा समस्या परेका ५ घर परिवारका नागरिकलाई एक बोरा चामल ,४ किलो कालो रातो दाल,एक लिटर तेल,दुई पोका नुन प्रदान गरिएको छ । भीमेश्वर नगरपालिकामा १७ परिवारलाई खाध्यान तथा कोरोना संक्रमित ५जानलाई औषधि र पोष्टिअहारको लागी नगद समेत प्रदान गरिएको छ । शैलुङ गाउँपालिकामा ५ कोरोना पिडीतलाई खाद्यान्न सहयोग गरिएको छ । यस्तै बैत्यश्वर गाउँपालिका कोरोनाबाट पिडित ५ घर परिवारलाई समाजले खाद्यान्न सहयोग गरेको छ ।
समाजले स्वार्गीय पत्रकार रबिन्द्र गौतमको परिवारलाई ,एक लाख ५५ हजार ,स्वार्गीय शम्भु जिरेल नाममा ५२ हजार ४ सय ३० अक्षय कोष ,नेपालपत्रकार महासंघको कल्याणकारी कोषमा ३५ हजार,तत्काल जिल्ला कोडिट अस्पतालको लागी करिब ६ लाख , सहयोग गरेको नागरिक समाज दोलखाका अध्यक्ष दिपशंकर चौलागाइँले बताए ।
“हामी दोलखाका नागरिको जिबन रक्षाको लागी निरन्तर सहयोग गर्ने छौ ।” दोलखा समाज जापानका अध्यक्ष महेश खड्काले भने । विपतमा परेकाहरुलाई सहयोग गर्नु आफूहरुको मानवीय दायित्व भएकोठानी सहयोग गरेको उनको भनाई छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।