१३ करोडको लागतमा होटल एम्ब्रोसिया

 आवाज संवाददाता     ९ श्रावण २०७८, शनिबार

९,श्रावण

चरिकोट/दोलखा सदरमुकाम चरिकोटमा १३ करोडको लागतमा होटल एम्ब्रोसिया संचालनमा आएको छ । चरिकोटका स्थानीय ब्यावसायी दिनेश बस्नेतले उक्त लगानीमा दुई तारे स्तरको होटल संचालनमा ल्याएका हन् ।
शनिवार उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले एक कार्यक्रमका विच होटलको उद्घाटन गरे ।
होटल स्थापनामा करिब १३ करोड लगानी भएको होटलका संचालक दिनेश बस्नेतले बताए । जम्मा ३५ कोठा रहको होटलमा ७ वटा स्वीट तथा २८ वटा डिलक्स रुम रहेका छन् ।


होटलमा पाँचसय क्षमताको सभाकक्ष तथा अन्डर ग्राउन्ड पार्किङको ब्ववस्था रहेको तथा एकै पटकमा ८० जनालाई सेवा पुर्याउ सकिने रेष्टुरेन्ट रहेको संचालक बस्नेतले जानकारी दिए ।


दोलखा जिल्ला मनोरम पहाडी जिल्ला भएकोले यहाँ अरु ब्यावसायमा भन्दा पर्यटन ब्यावसायमा बढी सम्भावना देखेकोले आफूले होटल ब्यावसायमा लगानी गरेको उनको भनाई छ । विदेशी तथा स्वदेशी आन्तरिक गुणस्तरीय पर्यकटहरुलाई लक्षित गरी होटल संचालनमा ल्याइएको होटल एम्ब्रोसिया प्रालिले बताएको छ । होटलमा रहेको रेष्टुरेन्टमा गुणस्तरीय इडियन ,कन्टिनेन्टल तथा चाइनिज लगाएका खानाको परिकारको मज्जा लिन सकिने होटल ब्यवस्थापनको भनाई छ । तारे स्तरको होटल दोलखा सदरमुकाममा संचालनमा आउनुले गुणस्तरिय पर्यटकहरुको दोलखा आगमनमा बृद्धि हुने स्थानीयहरुको आशाछ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।