लामाको चौसट्ठी वर्गमिटर सार्वजनिक

 आवाज संवाददाता     २५ श्रावण २०७८, सोमबार

श्रावण,२५, सोमबार
दोलखाका कवि जीवन लामाको चौसट्ठी वर्गमिटर नामक कविता संग्रह सार्वजनिक गरिएको छ । सोमबार लामाद्वार रचित कविता संग्रह सदरमुकाम चरिकोटमा एक समारोहका विच सार्वजनिक गरिएको हो ।
सोमबार चरिकोटमा आयोजित एक कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले कविता संग्रह सार्वजनिक गरे । लामाद्वारा विभिन्न विषयमा लिखित कविताहरु रहेको यस कविता संग्रहमा उनले लेखेका पैतिस गद्य कविता संग्रहित छन् । सम्पूर्ण सर्जक तथा सुरेल समूदाय प्रति समर्पित उनको यो कविता संग्रहको भूमिका कवि श्रवण मुकारुङले लेखेका छन् भने सम्पादन कवि विष्णु सुवेदिको रहेको छ ।
याम्बुरी बुक प्वाइन्टले प्रकाशन गरेको पुस्तकको आवरण भानु भटराईको रहेको छ भने वितरक चरिकोट मिडिया फाउन्डेशन रहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।