महिलाका लागि बढी खर्च गर्नु पर्नेः संसदीय समिति

 आवाज संवाददाता     १८ भाद्र २०७३, शनिबार

चरिकोट, भदौ १५,
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण संसदीय समिति सभापति माननीय सांसद रञ्जु कुमारी झाले संसदीय विकास र पूर्वाधार विकास कोषको रकम बढीभन्दा बढी महिला विकासमा खर्च गर्नुपर्ने नीति बनाउने बताउनु भएको छ ।
जिल्लाको अनुगमन तथा अवलोकनका लागि दोलखा आइपुग्नु भएकी उहाँले ढाका कपडा बुनाइ साझा सुविधा केन्द्र चाथली दोलखाको अनुगमनका क्रममा यस्तो बताउनु भएको हो ।
उहाँले संसदीय कोषको रकम थोरथोरै भए पनि सालिन्दा महिला उद्यममा खर्च गरे उद्यमलाई सहयोग पुगी महिलाहरु आयआर्जनमा रमाउने भएकाले नीति निर्माणमा आपूmहरु लागिपर्ने बताउनु भयो ।
सरकारले ठूलठूला उद्योगधन्दालाई मात्र सहयोग गर्दै आइरहेको प्रसङ्ग कोट्याउँदै उहाँले भन्नु भयो, अब लघु उद्यममा पनि वजेट छुट्याउने सरकारलाई सल्लाह दिने र नीति निर्माणमा पनि जोडदार लाग्ने प्रतिवद्धता जनाउनु भयो । परिवार, समाज दरिलो बने मात्र राष्ट्र उन्नत र दरिलो हुने उहाँले बताउनु भयो ।
राष्ट्रिय अन्तरराष्ट्रि संघसंस्थाहरुले महिला, बालबालिका, ज्येष्ठ नागरिकका हितमा धेरै काम गरिरहेका औँल्याउँदै उहाँले भन्नु भयो, अब सरकारले यसलाई अपनत्व ग्रहण गर्ने छ र लोकतन्त्रको प्रत्याभूति दिने वातावरण बन्ने नीति निर्माण गर्न सरकारलाई सुझाव दिने पनि उहाँले बताउनु भयो ।
नेपाल सरकार उद्योग मन्त्रालय तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको समन्वयमा अस्ट्रेलियन सरकार व्यापार तथा वैदेसिक मामिला विभागको आर्थिक सहयोगमा सञ्चालित जिल्लाका लघु उद्यम विकास कार्यक्रमको अनुगमन तथा अवलोकन टोलीमा सो समितिका डा. गणेश मण्डल, रामहरि सुवेदी,धना पहाडी, रञ्जना श्रेष्ठ, माधवी रानी साह सदस्यहरु रहेका छन् ।
त्यसै गरी उद्योग मन्त्रालय उपसचिव भीम भट्टराई, संयुक्त राष्ट्रिय विकास कार्यक्रमकी नवीना श्रेष्ठ,लघु उद्यम विकास कार्यक्रमका डा. रामजी प्रसाद न्यापाने, लघु उद्यम बजार विकास विशेषज्ञ राजकुमार राई समेत सो टोलीमा रहेका थिए ।

समितिका सदस्य सांसदहरुले भीनपा ३ चाथलीका ढाका बुनाईको काम गरिरहेका उद्यमी महिलाहरुसँग अन्र्तक्रिया गरेका थिए । स्थानीय १० जना महिलाहरुलाई युएनडीपी र अष्टेलियन सरकारको सहयोगमा ग्रामीण लघु उद्यम केन्द्र र लघु उद्यमी समूहको सहयोगमा तालिम तथा ढाका बुनाईका सामाग्री सहयोग गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।