माथिल्लो तामाकोशी जलविद्युुत आयोजनाका सबै युनिट संचालन

 आवाज संवाददाता     २ भाद्र २०७८, बुधबार

नवराज शिवाकोटी
भाद्र,२, दोलखा
राष्ट्रिय गौरवको ४५६ मेघावाटको माथिल्लोे तामाकोशी जलविद्युत आयोजनाका सबै युनिटहरु संचालमा आएका छन् । मंगलवार छैटौँ युनिट संचालनमा आएसँगै आयोजनाका सबै युनिटहरु संचालनमा आएका हुन् ।
मंगलवार आयोजनाको अन्तिम छैटौँ युनिटबाट पनि परीक्षण उत्पादन शूरु भएपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका सबै युनिटहरु संचालनमा आएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका इलेक्ट्रीकल महाशाखाका प्रमुख पुर्ण गोपाल रञ्जितले जानकारी दिए ।
यस अघी पहिलो युनिट असार २१ गते , दोस्रो असार २९ गते तेस्रो युनिटबाट श्रावण ८ गते, चौथो युनिट श्रावण १८ गते तथा पाचौँ युनिट श्रावण २६ गतेबाट संचालनमा आएका थिए । छैटौं युनिट संचालमा आएसँगै छ वटै युनिटबाट उत्पादित विद्युत प्रसारण केन्द्रीय प्रसारण लाइनमा जोडिएको महाशाखाका प्रमुख रञ्जितले बताए । अब छैटौ युनिट संचालमा आएसँगै केही समय पछि आयोजनाले पूर्ण क्षमतामा ब्यावसायिक उत्पादन शुरु गर्ने उनको भनाई छ ।
आयोजनाबाट उत्पादीत विद्युत विद्युत्गृहदेखि २२० केभी गोंगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म तथा त्यहाँबाट २२० केभी प्रसारण लाइृनबाट खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत ४००/२२० केभी ढल्केबर सब–स्टेसनसम्म लगिएको छ । सथै आँशिक रुपमा खिम्ती सब स्टेशनबाट काठमाडौंमा पनि विद्युत प्रसारण गर्र्न सकिने छ । यसै गरी रोलवालिङ डाइभर्षनको काम पनि अगाडि बढाउने प्रकृृया चलि रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बताएको छ ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।