दोलखाका स्थानीय तहको बेरुजु ३८ करोड

 आवाज संवाददाता     ५ भाद्र २०७८, शनिबार

नवराज शिवाकोटी
भाद्र,५, दोलखा
दोलखाका स्थानीय तहहरुको आर्थिक वर्ष २०७६–७७ को बेरुजु करिब ३८ करोड रहेको पाइएको छ । महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन अनुसार उक्त आव को जिल्लाका ९ स्थानीय तहहरुको बेरुजु रकम ३७ करोड ६६ लाख ९५ हजार रुपैयाँ रहेको पाइएको हो ।
जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाको कुल ८ अर्ब ५७ करोड ७४ लाख ५३ हजार को लेखा परीक्षण गरिएको मा सो रकम बेरुजु देखिएको महालेखा परीक्षकको५८ औं प्रतिवेदनमा उल्लेख छ ।
जिल्लाका स्थानीय तहमध्ये बैतेश्वर गाउँपालिकाको बेरुजु सबै भन्दा बढी रहेको छ । ८८ करोड ५८ लाख ६० हजारको लेखापरीक्षण गरिएकोमा १२ करोड ४८ लाख ४२ हजार बेरुजु देखिएको छ । मेलुङ गाउँपालिकाको ६५ करोड ३८ लाख ७१ हजारको लेखा परीक्षण गर्दा ४ करोड ३७ लाख ९८ , गौरीशंकर गाउँपालिकाको ७१ करोड २२ लाख ३४ हजार लेखा परीक्षण गर्दा ४ करोड १० लाख ४१ हजार तथा शैलुङ गाउँपालिकाको ९५ करोड ८४ लाख ७० हजारको लेखा परीक्षण गर्दा ४ करोड ४६ लाख ३५ हजार बेरुजु रहेको छ । यसैगरी विगु गाउँपालिकाको ७४ करोड ८५ लाख २४ हजारको लेखा परिक्षण गर्दा २ करोड ६७ लाख ५८ हजार, जिरी नगरपालिकाको ८७ करोड ७२ लाख २० हजारको लेखा परिक्षण गर्दा २ करोड ९२ लाख ३१ हजार तथा भीमेश्वर नगरपालिकाको १ अर्व ६७ करोड ७४ लाख २० हजारको लेखा परीक्षण गरेकोमा ३ करोड ४६ लाख७८ हजार बेरुजु पाइएको छ ।
यस्तै तामाकोशी गाउँपालिकाको १ अर्व ७ करोड ९५ लाख ६० हजारको लेखा परीक्षण गरीएकोमा १ करोड ८६ लाख ९५ हजार र कालिञ्चोक गाउँपालिकाको ९८ करोड ४२ लाख९४ हजारको लेखा परिक्षण गर्दा १ करोड ३० लाख १७ हजार पाइएको छ ।
प्रतिशतका हिसाबले सबै भन्दा बढी बेरुजु बैतेश्वस गाउपालिकाको १४ दशमलब सुन्य ९, मेलुङ गाउँपालिकाको ६ दशमलब ७, गौरिशंकर ५ दशमलब ७६, शैलुङ ४ दशमलब ६६ विगु ३ दशमलब ५७ , जिरी नगरपालिका ३ दशमलब ३३, भीमेश्वर नगरपालिका २ दशमलब शुन्य ७, तामाकोशी गाउँपालिका १ दशमलब ७३ तथा सबै भन्दा कम कालिञ्चोक गाउँपालिका १ दशमलब ३२ प्रतिशत रहेको छ ।
रकम तथा प्रतिशत दुवैको हिसावले सबै भन्दा बढी बेरुजु बैतेश्वर गाउपालिकामा तथा सबै भन्दा कम कालिञ्चोक गाउँपालिकामा देखिएको महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा उल्लेख छ ।

 

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।