माउन्टे के -2 आरोहीहरुलाई नेपाल सरकारले १ लाख उपलब्ध गराउने

 आवाज संवाददाता     १६ भाद्र २०७८, बुधबार

काठमाडौँ/नेपाल सरकारले हालै पकिस्तानको के-2  हिमाल आरोहण गर्ने आरोही हरुलाई जनही एक–एक लाख आर्थिक सहयोग गर्ने भएको छ । बुधवार बसेको मन्त्रि परिषद बैठकले आरोही हरुलाई सम्मान स्वरुप सो सहयोग गर्ने निर्णय गरेको हो ।
दोलखा जिल्लाको गौरिशंकर गाउँपालिका वडा नम्बर एक का पेम्बादोर्जे शेर्पा लगाए १० जना आरोहीहरुलाई सम्मान स्वरुप सो रकम दिने निर्णय भएको मन्त्री परिषद सम्बद्ध स्रोतले जानकारी दिएको छ । उक्त सम्मानकालागि प्रतिनिधि सभा सदस्य माननीय जिपछिरिङ लामा तथा दोलखा जिल्लाका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी एबं प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचीव बद्री तिवारीले विशेष पहल गर्दै आएका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।