नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले गर्यो २५१ सदस्यीय जिल्ला कार्य समितिको घोषणा

 आवाज संवाददाता     २७ भाद्र २०७८, आईतवार

भाद्र २७ आइतवार
चरिकोट/नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी ले २५१ सदस्यीय जिल्ला कार्य समितिको घोषणा गरेको छ । शनिवार आयोजित पार्टी कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा एकिकृत समाजवादी पार्टीले जिल्ला कार्य समितिको घोषणा गरेको हो ।
प्रशिक्षण कार्यक्रम अघि पार्टी कार्यालयको उद्घाटन गर्दै नेकपा समाजवादी सचीवालय सदस्य विजय पौडेलले नेकपा एमाजवादी पार्टी अब दोलखाली जनताको दुःख सुखको सार्थी हुने बताए । संविधानको रक्षा गर्न तथा केपी ओलीको गैह्र कम्युनिष्ट चरित्र विरुद्ध विद्रोह को परिणाम स्वरुप पार्टी स्थापना भएको उनको दावी थियो ।
कार्यालय उद्घाटन पश्चात भएको प्रशिक्षण भेलाबाट भीम दहालको अध्यक्षतामा २५१ सदस्यीय जिल्ला कार्य समितिको गठन गरिएको पार्टी सचीव प्रोण प्रताप केसीले जानकारी दिए । पार्टी कार्यालय उद्घाटन पछि कार्यालयबाट निश्किएको र्यालीले नगर परिक्रमा समेत गरेको थियो । र्यालीमा पुराना नेता कार्यकर्ता तथा पूर्व जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

आगो र पानी कहिल्यै सानो नहुने भन्दै , वास्तविक कम्युनिष्ट सिद्धान्तलाई आत्मसाथ गर्ने, सच्चा कम्युनिष्ट चरित्र बोकेका तत्कालिन नेकपा एमाले पार्टीमा रहेका इमानदार कार्यकर्ता हरु आफ्नो पार्टीमा रहेको नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका नेता शिवप्रसाद भण्डारीले दावी गरे । अबका दिनमा पार्टीकको ध्यान वडा तहसम्मको संगठन निर्माण गर्नेतर्फ रहेको एकिकृत समाजवादी पार्टीका नेता दिनेश राज शिवाकोटीको भनाई छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।