च्छो रोल्पा र इम्जा हिमतालको जोखिम तत्काललाई टर्यो

 आवाज संवाददाता     १९ भाद्र २०७३, आईतवार

नेपालका हिमाली क्षेत्रका हिमताल तत्काल फुट्ने सम्भावना टरेको छ । सबैभन्दा धेरै जोखिम भएका दोलखाको च्छो रोल्पा र सोलुखुम्बुको इम्जा हिमताल तत्काल फुट्नबाट टरेको जल तथा मौसम विज्ञान विभाग प्रबन्ध निर्देशक डा ऋषिराम शर्माले बताए । उच्च जोखिममा रहेका दुई ताल अब फुट्ने संभावना टरेपछि जोखिम पनि कम भएको हो ।

नेपालमा सबैभन्दा उच्च जोखिममा रहेका च्छो रोल्पा हिमतालको पानी नेपाली सेनाले सन् २००२ मा पानी घटाएर जोखिम कम गरिसकेको थियो । जोखिम कम गर्न हिमतालको तटीय क्षेत्रमा बसोबास गर्ने क्षेत्रमा पूर्वसूचनाका लागि एसएमएस दिने व्यवस्था पनि गरिएको छ । त्यसैगरी, सबैभन्दा उच्च जोखिममा रहेको सुलुखुम्बुको इम्जा हिमतालको जोखिम न्यून गर्ने काम नेपाली सेनाले गरेको छ । तालको पानी घटाउन संरचना बनाउने काम सेनाले पूरा गरिसकेको शर्माले बताए ।

इम्जा हिमतालको तीन मिटर पानी घटाउने भनिएको छ । हरेक वर्ष तामक्रम बढ्दै गएकाले हिमतालको जोखिम कायमै हुन सक्ने जला तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय भूगोल विभागका विभागीय प्रमुख नरेन्द्रराज खनालका अनुसार नेपालका २१ हिमताल जोखिममा छन् । दुईवटा हिमताल उच्च जोखिममा भए पनि अरू कम जोखिममा छन् ।  नयाँपत्रिका दैनिकले समाचार लेखेको छ

यी हुन् जोखिममा रहेका ताल

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सन् २००९ मा नेपालका हिमाली क्षेत्रको अध्ययन गरेको थियो । नेपालमा कुल २ हजार ३ सय २३ हिमताल छन् । जसमध्ये दोलखाको च्छो रोल्पा र सोलुखुम्बुको इम्जा सबैभन्दा उच्च जोखिममा थिए । अरू १९ हिमताल कम जोखिममा रहेको भनिएको थियो । तल्लो वरुण, लुमदिङ, पश्चिम चमजाङर, ठूलागी, नगमा, गुंगु, टामपोखरी र कोवुद ०२२९, पूर्वी हुंगु २, गाकल ००२२, कोटमा ०१९१, कोटम ०१११, गाकल ०००८, गाकल ०००४, कोवुद ०२३८, कोवुद ०२२०, गवुद ००९ र कौरु ००१६ हिमताल खतराको सूचीमा छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF