राप्रपा दोलखाको जिल्ला अिधिवेशन को सम्पुर्ण तयारी पुरा

 आवाज संवाददाता     २७ भाद्र २०७८, आईतवार

भाद्र,२७, आइतबार
चरिकोट÷राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको छ । अधिवेशनका लागि आवश्यक सम्पुर्ण तयारी सम्पन्न भएको राष्टिय प्रजातन्त्र पार्टी दोलखाका संयोजक राजन बहादुर शिवाकोटीले जानकारी दिए ।
शिवाकोटीका अनुसार भाद्र २७ गते क्षेत्रीय अधिवेशन सम्पन्न हुने तथा २८ गते जिल्ला अधिवेशन हुने छ । यही अधिवेशनले जिल्लाको नेतृत्व चयन गर्नुका साथै सभापती सहित ३० जना केन्द्रीय प्रतिनिधिको चयन गर्ने छ ।
२८ गते हुने जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष पशुपति शमसेर राणाबाट हुनेछ । जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय नेताहरु बुुद्धिमान तामाङ तथा युवानेत राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।