राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपती शमसेर राणा भन्छन्ः पदको लागि प्रतिश्पर्धा हुन सक्छ तर राप्रपा अब फुट्दैन

 आवाज संवाददाता     २८ भाद्र २०७८, सोमबार

भाद्र २८
चरिकोट/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपती शमसेर राणाले राप्रपा अब कहिल्यै नफुटने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको जिल्ला अधिवेशनको सोमबार उद्घाटन सत्रलाई चरिकोटमा सम्बोधन गर्दै अध्यक्ष राणाले उक्त कुरा बताएका हुन् । बैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा उदाइरहेको राप्रपा कम्युनिष्ट र नेपाली काँग्रेसभन्दा फरक विचारधारा बनाएर हिँडेको उनको भनाई थियो । अध्यक्ष राणाले अधिबेशनमा ब्यत्ति–ब्यक्ति विच प्रतिश्पर्धा हुन सक्ने तर पार्टी फुट्छकि भन्ने चिन्ता नलिन कार्यकर्ताहरुलाई आग्रह गरे ।
यस्तै अध्यक्ष राणाले कम्युनिष्ट सरकारलाई विस्थापित गरेर आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको बताए । उनले नेपालका ठूला पार्टी भनेको नमूना भएको भन्दै यसबाट नेपाली जनताले मुक्ति खोजेको बताए साथै राप्रपा सत्तामा नपुगी देश अगाडि बढ्न नसक्ने उनको भनाई थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेता बुद्धिमान तामाङ तथा राजेन्द्र लिङ्देनले नेपालमा सम्बैधानिक राजतन्त्रको आवश्यकता तथा राप्रपाको सांगठनिक सुदृढीकरणमा जोड दिएका थिए । अधिवेशन उद्घाटन सत्र राष्ट्रिय प्रजातन्त्रपर्टी दोलखाका संयोजक राजनबहादुर शिवाकोटीको सभापतित्वमा सम्पन्न भएको थियो । उद्घाटन सत्रमा राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरुमा कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । आजै बस्ने बन्द सत्रले नयाँ नेतृत्व सहित केन्द्रीय प्रतिनिधिहरुको चयन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले बताएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।