बैतेश्वर गाउँपालिका,८, क्षेत्रपामा स्वास्थ्य शिविर सम्पन्न, ६ सय बढीले लिए सेवा

 आवाज संवाददाता     ३ आश्विन २०७८, आईतवार

चरिकोट/ बैतेश्वर गाउँपालिका वडा नम्बर आठ क्षेत्रपामा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य क्षेत्रमा काम गरिरहेको विभिन्न संस्थाहरुको सहयोगमा बैतेश्वर गाउँपालिका वडा नम्बर आठको आयोजनामा स्वास्थ्य शिवीर सम्पन्न भएको हो ।
स्वास्थ्य शिवीर संचालनमा चरिकोट अस्पत्ताल, तिलगंगा इन्सटीच्युट अफथल्मोलोजी, लालिगुराँस कम्युनिटी अस्पत्ताल, भीमेश्वर डेन्टल क्लिनिक चरिकोट ले सहयोग गरेको बैतेश्वर गाउँपालिका वडानम्बर आठका अध्यक्ष रमेस अधिकारीले जानकारी दिए । शिविरमा आवश्यक औषधि डाक्टर देवेन्द्र गौतमले उपलब्ध गराएको अध्यक्ष अधिकारीको भनाई छ ।
शिवीरको उद्घाटन गर्दै बैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले अस्पत्ताल सम्म पुग्न नसक्ने हरुकालागि शिविर बरदान सावित हुने बताएका थिए । यस्तै मनकारी संस्था र डाक्टर देवेन्द्र गौतम लगाएतको स्वास्थ्य कर्मीहरुको टोलीले शिवीर संचालनमा सहयोग गरेर क्षेत्रपा वासीहरुलाई ठूलो गुन लगाएको नेपाल पत्रकार महासंघ दोलखाका सभापती दिपशंकर चौंलागाईंले बताएका थिए । कार्यक्रमलाई भरत श्रेष्ठ, सुब्बा श्रेष्ठ, तक्त जिरेल लगाएतले सम्बोधन गरेका थिए । शिविर उद्घाटन कार्यक्रममा शिवीरमा सेवा उपलब्ध गराउने डाक्टर देवेन्द्र गौतम लागाएत डाक्टरहरुलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
शिविरमा विरामीहरुको स्वास्थ्य जाँचका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा ६ सय भन्दा बढीले स्वास्थ्य जाँच गराएको स्थानीय समाजसेवी पुस्कर अधिकारीले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।