राष्ट्रिय प्रजातन्त्र पार्टीले दशैं पछि राजसंस्था र हिन्दू राष्ट्र स्थापनाकालागि आन्दोलन गर्ने

 आवाज संवाददाता     ७ आश्विन २०७८, बिहीबार

असोज,७, धादिङ

राष्ट्रिय प्रजातन्त्र पार्टीले दशैं पछि राजसंस्था र हिन्दू राष्ट्र स्थापनाकालागि आन्दोलन गर्ने भएको छ । राजसंस्था, हिन्दु राष्ट्र स्थापना, देशमा ब्याप्त भ्रष्टाचार नियन्त्रण लगायतका माग राखी पार्टीले आन्दोनल गर्ने भएको हो ।
विहिवार राप्रपा धादिङको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राप्रपाका बरिष्ठ नेता एवं पूर्व मन्त्री बुद्धिमान तामाङले उक्त कुरा बताएका हुन् । देशमा ब्याप्त भ्रष्टाचार तथा विभिन्न बेथितिका विरुद्ध आन्दोलन गर्नुको विकलप नरहेको उनको भनाई थियो ।
उद्घाटन सत्रलाई राप्रपा केन्द्रिय सचीवालयका निमित्त प्रमुख राजेन्द्र गुरुङ, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, राप्रपा दोलखाका अध्यक्ष राजन बहादुर शिवाकोटी लगाएतले सम्बोधन गरेका थिए । उद्घाटन समारोह राप्रपा धादिङका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।