यी हुन् नेपाली काँग्रेस दोलखाका स्थानीय तहका कान्छा पदाधिकारी

 आवाज संवाददाता     ११ आश्विन २०७८, सोमबार

चरिकोट/नेपाली काँग्रेस दोलखाको स्थानीय तहमा बेतेश्वर गाउँपालिकाका उपसभापती प्रभुसरण मोक्तान पहिलो कान्छो पदाधिकारी बन्न सफल भएका छन् । नेपाली काँग्रेसको १४ औंं महाधिवेशनमा बैतेश्वर गाउँपालिका उपसभापती बन्न ससफल भएपछि मोक्तान सबै भन्दा कम उमेरमा पालिका पदाधिकारीमा चयन हुन सफल भएका हुन् ।

नेपाली काँग्रेसको १४ औं अधिवेशनमा २५ वर्षका मोक्तान निर्विरोध रुपमा उपसभापती बने सँगै दोलखा काँग्रेसमा युवा हरुको आकर्षण बढेको प्रस्ट भएको छ । अरु पार्टीले जतिसुकै ठूला नारा लगाए पनि जनताको हितमा काम गर्ने अनि प्रजातन्त्र प्रति इमानदार पार्टी नेपाली काँग्रेस मात्र भएकोले आफू नेपाली काँग्रेसमा लागेको नव निर्वाचित उपाध्यक्ष प्रभुसरण मोक्तानको भनाई छ । समग्र नेपाली युवाको भविष्य सपार्ने पार्टी विपीको प्रजातान्त्रिक समाजवादको जगमा खडा भएको नेपाली काँग्रेसले नैं गर्ने उनको विश्वास छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।