नेपाली काँग्रेस दोलखाको सभापतीमा उम्मेद्वारी दिने वर्तमान सभापती रुद्रबहादुर खड्काको घोषणा ।

 आवाज संवाददाता     ११ आश्विन २०७८, सोमबार

चरिकोट/नेपाली काँग्रेस दोलखाको सभापती पदमा वर्तमान सभापती रुद्रबहादुर खड्काले पूनः उम्मेद्वारी दिने घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलनको आयोजनागरी खड्काले पूनः उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
आफ्नो कार्यकालमा संगठनलाई मज्बुत बनाउनाका साथै राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त ब्यक्तिहरुलाई पार्टीमा आवद्ध गराउनु आफ्नो कार्यकालको सफलता रहेको उनले पत्रकार सम्मेलनमा दावी गरे ।

पार्टी संगठनलाई थप मज्बुत बनाउँदै, पार्टी कार्यालय भवन निर्माण तथा दोलखाका विभिन्न धार्मिक तथा पर्यटकिय स्थलको विकास गराई रोजगारी सिर्जना गर्न तथा तामाकोशी ३ को निर्माण गर्न समेत सहजिकरण गर्न आफू सभापती निर्वाचित भएपछि लागि पर्ने उनले बताए ।

आफ्नो टिममा उपाध्यक्षमा बैतेश्वर गाउँपालिकाका प्रमुख छवि लामा तथा कालिञ्चोक गाउँपालिकाका अर्जुन शिवाकोटी, सचीवमा सूर्यबहादुर आचार्य तथा महेश्वर काफ्ले, सह–सचिवमा हरिशरण शिवाकोटी र पासाङ शेर्पा रहेको जानकारी दिए ।
आफ्नो टिममा पार्टीका पुराना त्यागी नेता, विभिन्न क्षेत्रमा सफलता हासिल गरेका उद्योगी ब्यावसायी, निर्माण ब्यावसाई, पत्रकार लगाएतका रहने उनको दावी छ । आफूले पार्टीमा समावेशीतालाई जोड दिने उनले पत्रकार सम्मेलनमा बताए ।
पार्टी साभापतीमा यस अघि नैं वर्मा लामा, तारा कुमार खड्का तथा केसब राज चौलागाईंले उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।