पत्रकार अजयबाबु शिवाकोटीद्वारा नन्दप्रसाद स्मृति पुरस्कारको घोषणा

 आवाज संवाददाता     १२ आश्विन २०७८, मंगलवार

नवराज शिवाकोटी
असोज,१२
दोलाखामा हाल सम्मकै ठूलो २५ हजार राशीको नन्द प्रसाद स्मृती पुरस्कारको घोषणा गरिएको छ । नेपाली काँग्रेसका पुराना नेता तथा शिक्षासेवी नन्दप्रसाद शिवाकोटीको स्मृतिमा चर्चित पत्रकार अजय बाबु शिवाकोटीले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।
नेपाली काँग्रेसले २००७ सालमा गरेको क्रान्तिमा सक्रिय नन्द प्रसाद शिवाकोटी दोलखाका चिरपरिचित शिक्षा सेवी समेत थिए । २००५ सालमा सुस्पाक्षमावतीमा जनकपुर अञ्चलकै पहिलो विद्यालय क्षमावती माविका संस्थापक पनि शिवाकोटीनैं हुन् । शिवाकोटी २०१५ सालमा नेपाली काँग्रेसको सरकार बनेपछि पूर्व २ नम्बर अन्तर्गत रामेछाप, दोलखा तथा सिन्धुपाल्चोकका केही भाग रहेको क्षेत्र नम्बर ११ को तत्कालिन समयमा सरकारबाट मनोनित सभापती समेत थिए ।

२५ हजार राशी रहेको नन्द प्रसाद स्मृति पुरस्कार हरेक वर्ष पत्रकारिता वा शिक्षा क्षेत्रमा दोलखामा रही उत्कृष्ट कार्य गर्नेलाई प्रदान गरिने पत्रकार अजयबाबु शिवाकोटीले सोमबार नेपाल प्रेस युनियन दोलखाद्वारा आयोजित विशेष कार्यक्रममा जानकारी दिए । दोलखामा स्थापित यो पुरस्कार हाल सम्मकै सर्वाधिक राशीको पुरस्कार हो ।
पत्रकार शिवाकोटी स्वर्गीय नन्द प्रसाद शिवाकोटीका नाति हुन् । उनले नेपालका चर्चित महरा काण्ड तथा गोकुल बासकोटाको ७२ करोड काण्ड सार्वजनिक गरेका थिए । शिवाकोटी हाल नेपाली काँग्रेस दोलखाबाट महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फबाट उम्मेद्वार समेत छन् ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।