सुनखानी सिसा गोलाईमा पहिरोले २ घर पुरियो, सडक सञ्चालनमा

 आवाज संवाददाता     १९ भाद्र २०७३, आईतवार

भदौ , १९ अविरल वर्षासँगै गएको पहिरोले दोलखाको सुनखानीमा २ घर पुरेको छ । मध्यरातमा घरमाथिबाट आएको पहिराले सुनखानी –९ सिसागोलाइका २ घर पुरेको गाविस सचिव भरत पौडेलले जानकारी दिए ।

पहिराले सुनखानी– ९ का नीरबहादुर कार्की र झलकबहादुर कार्कीको घर र पसल पुरेको प्रहरीले जनाएको छ । पहिराले २ घरमा रहेको पसल पनि पुरेको छ । पहिराले घर पसल दुवै परेपछि विस्थापित परिवार छिमेकीमा बसेका छन् ।
पहिरो पीडितका लागि नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाले राहत सामाग्री वितरण गरेको छ । त्यसैगरी नेपाली सेना र नेपाल प्रहरीले उद्धार गरेको छ । रातीदेखि अबरुछ दोलखा सिंगटी सडक पहिरो पन्छाएपछि सुचारु भएको छ । पहिरोको जोखिम अझै रहेकाले स्थानीयलाई सुरक्षित ठाउँमा बस्न प्रशासनले आग्रह गरेको छ । २ दिन अघि पनि त्यही ठाउँमा पहिरोले सडक अबरुद्ध गरेको थियो ।

1

2

तस्बिरः राजन केसीको फेसबुकबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।