जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत तथा कर्मचारीमाथी भएको अभद्र ब्यवहारको दोलखाका ८ निजामती कर्मचारी संगठनहरुद्वारा निन्दा

 आवाज संवाददाता     १४ आश्विन २०७८, बिहीबार

जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकिय अधिकृत औलाख बहादुर आले तथा नागरिकता फाँटका कर्मचारीहरु प्रति अभद्र ब्यवहार गरिएको घटनाको जिल्लामा रहेका ८ निजामति कर्मचारी संगठनहरुले निन्दा गरेका छन् । बधुवार सिन्धुली जन्मस्थान भएका एक ब्यक्तिलाई दोलखा स्थायी ठेगाना कायम गरी नागरिकता बनाइदिन दवाब दिँदै प्रशासकिय अधिकृत आले तथा नागरिकता फाँटका कर्मचारी लाई गरिएको अभद्र ब्यवहारको विहिवार संयुक्त प्रेस विज्ञप्ति निकाली उनीहरुले निन्दा गरेका हुन् ।

निक्कै शालिन अनि भद्र प्रशासकिय अधिकृत औलाख बहादुर आलेलाई नेकपा एमाले दोलखाका अध्यक्ष एबं तामाकोशी गाउँपालिकाका प्रमुख इश्वर चन्द्र पोखरेलले कार्यकक्षमै सिन्धुली बाट दोलखा बसाईँ सराई गरी आएको कुनै प्रमाण नभएको ब्यक्तिलाई कानुन विपरित दोलखा स्थायी ठेगाना कायम गरिदिन दवाब दिएको जिल्ला प्रसासन सम्बद्ध स्रोतले जानकारी दिएको छ । उनी सँगै रहेका सेवाग्राही भनिएका ब्यक्तिले प्रशासकीय अधिकृत आले तथा नागरिकता फाँटका कर्मचारीहरुलाई अभद्र ब्यावहार गर्दै हातपात समेत गर्ने प्रयास गरेको बताइएको छ ।

उक्त घटनाको विरोध गर्दै निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियन दोलखा, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय निजामती कर्मचारी संगठन( निजामती), नेपाल राष्ट्रिय कर्मचारी महासंघ, नेपाल स्थानीयतह कर्मचारी युनियन, नेपाल स्वास्थ्यकर्मी संघ तथा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल दोलखाले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आगामी दिनमा यस्ता घटना नदोहोर्याउन आग्रह गर्दै यस्ता घट्ना पूनः दोहोरिएमा प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।