बजार अनुगमन: फेन्सिमा खरिद बिक्रीमा समस्या

 आवाज संवाददाता     २२ आश्विन २०७८, शुक्रबार

दिलबहादुर केसी
चरिकोट
नेपालीहरुको चाडपर्व नजिकीदै गर्दा बजार अनुमगन भएको छ । घरेलु तथा सानाउद्योग मुख्यकार्यालय कार्यालयको अगुवाइमाभएको बजार अनुगमनका क्रममा फेन्सीका सामानखरिद बिक्रीमा समस्या देखिएको हो ।
दसैं जस्ता मुख्य चाडपर्वका बेलामा जथाभावी मूल्य तोक्ने, अभाव सिर्जना गर्ने जस्ता विगतका गुनासोका आधारमा यस वर्ष कपडा तथा फेन्सी पसलमा समेत अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालय दोलखाका प्रमुख मिनबहादुर थिङले जानकारी दिए । अनुगमनका क्रममा खरिद विक्रीको मूल्यमानिकै फरक परेको देखिएको छ ।
फेन्सी तथा कपडामा मूल्य फरक परेकोले स्थानीय बजारमा सम्बन्धित व्यावसायीलाई सचेत गराएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी, उपभोक्ताका प्रतिनिधि र दोलखा उद्योग वाणिज्य संघका प्रतिनिधि संलग्न टोलीले हरेक पटक खाद्यान्न लगायतका पसल र गोदममा अनुगमन गर्ने गरेको थियो ।
दसैं जस्ता पर्वका बेला उपभोक्ताहरुले खाद्यान्न र नयाँ कपडा लगाउने नेपालीहरुको संस्कार भएकाले नयाँ लुगा खरिद हुन्छ । यस्तो बेला कुनै पनि सामानको अभाव पनि नहोस् र उपभोक्ता नठगिउन् भनेर अनुगमन बढाएको हो ।
दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले व्यवसायीहरुलाई व्यावसायीकधर्म राखेर उपभोक्तालाई सजह रुपमा सामान उपलब्ध गराउन आग्रह गरे । संघकै संलग्नतामा विगतदेखि नै अनुगमन हुने गरेको बताए ।
चाड पर्वका बेला अनुगमन गर्ने सरकारको नियमित कार्यक्रम पनि हुन्छ । सरकारी कार्यक्रम र आवश्यकताका आधारमा बेला–बेलामा अनुगमन गर्ने र कारबाही पनि गरिए उपभोक्ता ठगिनबाट बच्ने छन् ।

अनुगमणको तस्बिरा संलग्न छ ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।