सहकारीका सुक्षा–गार्डको हत्यापछि त्रस्त छन् जूँगु वासी

 आवाज संवाददाता     २२ कार्तिक २०७८, सोमबार

नवराज शिवाकोटी/चरिकोट

गौरिशंकर गाउँपालिका वडानम्बर एक मा रहेको हिमचुली बहुउद्देश्यीयर सहकारी संस्थाका रात्रिकालिन सुरक्षा गार्डको हत्या पछि जूगुका स्थानीयबासीहरु त्रासमा रहेका छन् । रात्रिकालिन ड्युटी बस्न गएका ६८ वर्षीय पूर्णबहादुर खड्काको हत्या गरी सहकारीबाट १ लाख ८५ हजार ७८० रुपैयाँ चोरि भएपछि स्थानीयहरु असुरक्षाको महशुस गर्दै त्रस्त भएका हुन् ।
सुरक्षा गार्डको विभत्स हत्या भएबाट स्थानीयहरु त्रासमा रहेको गौरिशंकर गाउँपालिका वडा नम्बर एकका वडाध्यक्ष झलककुमार कार्कीको ले बताए । साँझ विहान हिँड्न पनि असुरक्षित महशुस गरी स्थानीयहरु डराउने गरेको उनको भनाई छ । “ प्रहरीले अपराधी जसरी पनि पत्ता लगाएरै छोड्छौं भनेको छ । ” उनले भने “सिघ्र पत्तालगाई कानुनी दायरामा ल्याइदिए स्थानीयहरुले त्रासबाट मुक्ति पाउने थिए ।”
कार्तिक १० गते ६ः३० बजे घरमा खाना खाएर सहकारीमा रात्रीकालिन गार्ड बस्न खड्का घरबाट हिँड्का उनको परिवारको भनाई छ । राती ड्युटीबसेपछि विहानै खड्का घर जाने गरेको हिमुचुली सहकारी संस्थाका अध्यक्ष प्रकाश बहादुर खड्काले बताए । ११ गते १० बजे सहकारी को चेन गेट खोलेपछि शहकारीमा तोडफोड भएको तथा काउन्टरमा रहेको तथा म्यानेजरको र्याकमा राखिएको गरी जम्मा १ लाख ८५ हजार ७८० रुपैयाँ चोरी भएको, सहकारीको सेफ पनि फुटाउन कोशीष गरिएको सहकारीका ब्यवस्थापक नैनबहादुर जिरेलले आफूलाई जानकारी दिएको अध्यक्ष खड्काको भनाई छ ।
गार्ड बेपत्ता भएको तथा रकम चोरी भएको सन्दर्भमा जाहेरी दिन आफू जिल्ला प्रहरी कार्यालय गएकोमा १२ गते सहकारी नजिकैको जंगलमा स्थानीयहरुले खोज्दा गार्ड खड्काको लास भेटिएको उनले बताए ।
खड्काको टाउकोमा कुनै गह्रौ बस्तुले प्रहार गरि उनका हात खुट्टा डोरीले बाँधी र्जगलमा फालिएको जस्तो प्रारभ्कि अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी भेषराज रिजालले बताए । पहिले गार्डको हत्यागरी साँचो लिएर सहकारीमा तोडफोड गरी रकम चोरिएको हुनसक्ने प्रहरीको अनुमान छ । सहकारीमा तोडफोड भएको स्थानमा फिङ्गर प्रिन्ट समेत नभेटिएकोले पशेवार अपराधिले खड्काको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । हत्यारा खोज्ने प्रयास भइरहेको तथा हत्यारा खोज्न कुनै कसर बाँकी नराखिने डिएसपी रिजालको भनाई छ । हत्यारा पत्ता लगाउन प्रहरीले तालिम प्राप्त कुकुर को प्रयोग पनि गरेको तर खासै नतिजा ननिस्किएको प्रहरीको भनाई छ ।

हत्या भएको १३ दिन वित्दा पनि कोही शंकास्पद ब्यक्ति पक्राउ नपर्दा स्थानीइहरु भने चिन्तित रहेको पाइएको छ । “अब त स्थानीयहरुलाई एउटा खसी बेचेको पैशा राख्न पनि डरलाग्ने अवस्था भयो ।” स्थानीय केदार खड्का ले भने “ साझ विहान आइमाई–केटाकेटी बाहिर निश्कन पनि डराउँछन् । ” हत्यारा सिघ्र पत्तालगाई गाउँमा भएको त्रासको वातावरण अन्त्य गर्नु पर्ने स्थानीय जुँगुवासीको माग रहेको उनको भनाई छ ।

गार्ड खड्रकाका परिवारलाई आर्थिक सहयोग


हत्या गरिएका गार्ड पूर्णबहादुर खड्काको परिवारलाई हिमचुली सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । आइतवार खड्काको बाह्रौं पुण्य तिथीमा खड्का को परिवारलाई संस्थाले ५ लाख आर्थिक सहयोग गरेको हो । खड्का विगत १० वर्ष देखि हिमचुली सहकारी संस्थाको रात्रिकालिन सुरक्षा गार्डको रुपमा काम गरिरहेका थिए । दिवंगत खड्काकी श्रीमती भवानी खड्कालाई हिमचुली सहकारी संस्थाका अध्यक्ष प्रकाश खड्काले चेक हस्तातरण गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।