ठेकेदार कम्पनिको चरम लापरवाहीका कारण दोलखाली पूनः उत्रिए आन्दोलनमा

 आवाज संवाददाता     २७ कार्तिक २०७८, शनिबार

नवराज शिवाकोटी
चरिकोट
लामोसांघु जिरी सडक खण्ड अन्तरगत पर्ने ३० किलोमीटर मुडे–चरिकोट सडक निर्माण सुरु भएको ६ बर्ष बितिसक्दा पनि सडक नबनेकोमा असन्तुष्टी जनाउँदै स्थानीयहरुले आन्दोलन शुरु गरेका छन् । शनिवार नागरिक अगुवाहरुको अगुवाइमा भीमेश्वर नगरपालिका ७ को मकैबारीमा काठमाडौंर्फजाने गाडिमा भौतिक पुर्वधार तथा यातायात मन्त्री रेणुकुमारी यादव,भौतिक पुर्वधार तथा यातायातका सचिव रविन्द्रनाथ श्रेष्ठ तथा सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको फोटोसहितको पोस्टर टाँसी सडक निर्माणमा भएको ढिलाईको विरुद्धमा उनीहरुले आन्दोलन शुरु गरेका हुन् ।

फोटो सहितको पोस्टरमा सरकार दोलखाबासीको विचल्ली कहिलेसम्म टुलुटुलु हेरिरहन्छस ? चारिकोट–मुडे सडक कहिले सम्म अलपत्र पार्छस ? भन्ने सब्दहरु लेखिएको छ । अलपत्र सडककै कारण दैनिक सास्ती खेपिरहेका जिल्लाक नागरिकहरुले सरोकारवाला निकायका साथै निर्माण कम्पनी र ठेकेदार लाई जिम्मेवारवारी अनुसारको काम छिटो सक्न दबाब दिन आन्दोलनलाई अबका दिनमा विभिन्न कार्यक्रम सहित निरन्तरता दिने मुडे– चरिकोट सडक संघर्स समितिका संयोजक नागरिक अगुवा चरञ्जिवी मास्केले बताए ।
“अब त अति भो । ” आन्दोलनमा सहभागी मकैबारिका एक ब्यक्तिले आक्रोस ब्यक्त गर्दै भने“अब एक टुक्रा बारी बेचेर भएपनि यस्तै हो भने डोजर मगाएर भएको धुले बाटो विगारेर यातायातै रोकेर अन्दोनल गर्नु पर्ने भो । कति सहनु ??”
भारतीय एक्जिम बैंकको लगानीमा सडक विस्तार कार्य भईरहेको लामोसाँघु–जिरी सडक अन्तर्गतको यो खण्ड ठेकेदारले काम नगरेका कारण ६ वर्ष यता अलपत्र छ । यस अघि गत वर्षहरुमा समेत जिल्लाका स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका थिए । केही समय अघि सिन्धुपाल्चोकका काँग्रैस नेता एवं पूर्व मन्त्री मोहन बस्नेतले त मुडे–चरिकोट सडक खण्डको निर्माण नहुनुको पछि दोलखाका नेताहरुको ठेकेदार सँगको मिलेमतो रहेको समाजिक संजाल मार्फत बताएका थिए । यो सडक खण्डको निर्माणको जिम्मा भारतिय कम्पनी सकिल हैदर—शंकरमालि—सुनौलो खिम्ती जेभीले २०७२ सालमा ठेक्का सम्झौता गरी लिएका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।