एकीकृत जनक्रान्ति नै २१ औं शताब्दीको बैज्ञानिक कार्यदिशा : अर्जुन योगी

 आवाज संवाददाता     ५ पुष २०७८, सोमबार

तामाकोसी

नेपाल कम्युनिस्ट पार्टी तामाकोशी गाउंपालिका वडा नं. ४ को वडा भेला शुक्रबार सम्पन्न भएको छ । उक्त भेलाले दिपक केसी (सेक्रेटरी) को नेतृत्वमा १७ सदस्यीय वडा समिति निर्वाचित गर्यो । सदस्यहरुमा गोरे आछामी, कुमार भुजेल, दिपक खड्का, कुमार मुग्राती, मनोज भुजेल, लाल प्रसाद पान्डे, टोपेन्द्र नाथ योगी, गोपाल मुग्राती, होमकुमार श्रेष्ठ, गोमा केसी, रामबहादुर मिजार, बिष्णुबहादुर मिजार, कृष्ण बहादुर खड्का, पोक्चाबहादुर मिजार, पदमबहादुर खत्री, पहलमान मिजार निर्वाचित भएका छन । उक्त भेलाको अवसरमा माओवादी केन्द्रका ६ जना नेता, कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका थिए ।

उक्त भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम पार्टीका बिशेश कमिटी सदस्य अर्जुन योगीले
एकीकृत जनक्रान्ति नै २१ औं शताब्दीको बैज्ञानिक कार्यदिशा भएको बताए । उनले अब चांडैनै नेपालमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा बैज्ञानिक समाजवादको स्थापना हुने बताए । मन्तव्यका क्रममा उनले माओवादी केन्द्रबाट समाहित हुने नेता, कार्यकर्ता एवम निर्वाचित वडा कमिटीलाई बधाई दिदै प्रतिगामी तत्वहरु, प्रतिक्रान्तिकारी तत्वहरुका विरुद्धमा निर्ममतापुर्वक लड्नका निमित्त अपिल गरेका थिए ।

उक्त कार्यक्रममा राष्ट्रिय उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवम पार्टीका दोलखा जिल्ला सदस्य सिताराम उप्रेतीले बधाई मन्तव्य राखेका थिए । पार्टीका जिल्ला समिती सदस्य राजकुमार लामिछानको संचालनमा भएको उक्त कार्यक्रम दिपक केसीको अध्यक्षतामा भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।