आउँदो निर्वाचनमा केपी ओलीको पार्टी भन्दा नेकपा एकिकृत समाजवादी ठूलो हुने नेता विरोध खतिवडाको दावी ।

 आवाज संवाददाता     १७ पुष २०७८, शनिबार

चरिकोट

आउँदो निर्वाचनमा केपीओली को पार्टी भन्दा नेकपा एकिकृत समाजवादी पार्टी  ठूलो हुने एकिकृत नेकपा एकिकृत समाजवादी पार्टीका नेता विरोध खतिवडाले दावी गरेका छन् । शनिवार सदरमुकाम चरिकोटमा आयोजित नेपाल दलित मुक्ति संगठन दोलखाको छैटौं अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले उक्त दावी गरेका हुन् । ड्राइभर गतिलो नपरेपछि जतिसुकै गतिलो गाडि भएपनि दुर्घटनामा पर्ने भन्दै उनले एमालेमा धुन्धुकारी नेता आएपछि पार्टीमा ब्यक्तिवाद हावी भई पार्टीको निर्णय नमान्ने गैह्र कम्युनिष्ट चरित्र देखिएकोले एकिकृत समाजवादी पार्टीको नेतृत्वमा सच्चा कम्युनिष्टहरु गोलबन्द भइरहेको बताए ।


अहिले केपी ओलीको काम दिनभर जहाँ भाषण गरेपनि माधव नेपाल र प्रचण्डलाई गाली गर्नुमात्र रहेको उनको भनाई छ । भित्र भित्रै जलेको परिणामा स्वरुप ओली गाली गलौजमा उत्रिएको खतिवडाले बताए ।
आफ्नै पार्टी जोगाउन नसक्ने केपी ओली अनि एमालेले दलितका अधिकार जोगाउँदै थप अधिकार दिन्छु भन्नु हास्यासपद भएको उनले बताए । दलित मुक्तीकालागि थप आन्दोलन जरी राख्दै दलित हुँ भन्ने मनबाट हटाई उच्च मनोवलका साथ काम गर्न उनले दलितहरुलाई आग्रह गरे । साथै दलितहरुमाथी भइरहेको विभेद घर–घर बाट हटाउनु पर्नेमा खतिवडाले जोड दिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य शिव प्रसाद भण्डारीले श्रम र सिपयुक्त दलितहरुको मुक्तीकलागी सबै लाग्नु पर्ने बताए । साथै उनले अहिले लोभीपापीहरुको झुण्डमात्र एमालेमा रहेको बताए । कार्यक्रमलाई केन्द्रीय सदस्य चुनु केसी, जिल्ला अध्यक्ष भीमदहाल लगायतले सम्बोधन गरेका थिए । दलित मुक्ती संगठनको छैटौ जिल्ला अधिवेशन को उद्घाटन सत्र अध्यक्ष दिपक धनुकेको अध्यक्षतामा भएको थियो ।
उद्घाटन सत्र अघि प्रभातफेरी निकालिएको थियो । उद्घाटन सत्र पछि बसेको बन्द सत्रले कुल बहादुर बिश्वकर्माको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी गठन गरेको नेपाल दलित मुक्ति संगठन दोलखाले बताएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।