सिँगटीमा निःशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा शिवीर सम्पन्न

 आवाज संवाददाता     २९ फाल्गुन २०७८, आईतवार

नवराज शिवाकोटी
चरिकोट/दोलखाको उत्तरी भेगको केन्द्रको रुपमा रहेको सिँगटीमा एक दिने निःशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा शिविर सम्पन्न भएको छ । शनिवार विगू गाउँपालिका वडा नम्बर ४, सिँगटी स्थित नागरिक आरोग्य सेवा केन्द्रमा सो शिविर सम्पन्न भएको हो ।

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र दोलखाको आयोजनामा शिवीर संचालन भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डाक्टर पुनम नेपालले जानकारी दिइन । शिवीरमा विभिन्न रोगसँग सम्बन्धित २५६ जना विरामीले सेवा लिएको उनको भनाई छ ।

शिवीरमा जँचाउन आएका अधिकांस विरामी हरुमा हाडजोर्नी, पेटसम्बन्धी तथा महिलाहरुमा पाठेघर सम्बन्धी समस्या पाइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाकी कविराज निरीक्षक अर्चना कुमारी झा ले जानकारी दिइन ।

शिवीरमा डाक्टर पुनम नेपाल, कविराज निरीक्षकहरु हरिनारायण महतोले तथा अर्चना कुमारी झाले विरामी जाँच तथा स्वास्थ्य सम्बन्धी परामर्श दिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाले बताएको छ ।

(फोटो सौजन्यः अर्चना कुमारी झा )

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।