४० लाखको लागतमा किवी फम संचालनमा

 आवाज संवाददाता     १ चैत्र २०७८, मंगलवार

नवराज शिवाकोटी
चरिकोट/उत्तरी दोलखाको विगू गाउँपालिका वडा नम्बर ३ बुलुङखानी, मंलशामा ४० लाख रुपैयाँको लागतमा किवी फम संचालनमा ल्याइएको छ । उक्त लागतमा मंलशा कृषि तथा पशुपन्छी फर्मले किवी फम संचालनमा ल्याएको हो ।

फमले ६० रोपनी जग्गामा किवी खेती गरिरहेको मंलशा कृषि तथा पशुपन्छि फमकी प्रोप्राइटर जतना खड्रकाले जानकारी दिइन् । २०७१ सालमा स्थापना गरिएको फमबाट विगत ३ वर्ष देखि केही बोट बाट उत्पादन शुरु भएको उनको भनाई छ । करिब ४ सय बोटले उत्पादन दिन शुरु गरेको उनले बताईन । फममा सातसय भन्दा बढी विभिन्न जातका किवीका विरुवाहरु लगाइएको छ ।
यो वर्ष करिब १३ सय किलो किवी उत्पादन भएको मंलशा कृषि फमले बताएको छ ।
अन्य क्षेत्रमा भन्दा दिगो आमदानीको स्रोत किवी नैं भएको जस्तो लागेको ले यो क्षेत्रमा लगानी गरेको प्रोप्राइटर खड्काले बताईन । “आठ वर्ष शिक्षण पेशा गरें । करिब ४ वर्ष जति एजजिओमा काम गरें ।” उनले भनीन्, “ तर सन्तोष मिलेन, दीर्घकालिन आमदानीको स्रोत कृषिनै ठानी फम दर्ता गरी यो क्षेत्रमा लगानी गरें ।”
“परिवारको जग्गा थियो । लेखको जग्गा मकै कोदोको उत्पादन पनि केही मात्रमा हुन्थ्यो । त्यही जग्गामा किवी उत्पादन हुने ठानी काम सुरु गरेको हो । परिणाम रामै आउला जस्तो देखिन्छ । ” प्रोप्राइटर खड्काले खुशी हुँदै भनिन् ।
फम स्थापना देखि हालसम्म ४० लाख बढी खर्च भइसकेको उनले बताइन् । किवी खेति कालागि किवी जोन दोलखाबाट फर्मलाई थाँक्रा तथा सिँचाइकोलागी पाइप सहयोग भएको छ ।
पूर्ण रुपमा किवीको उत्पादन हुन थालेपछि भने किवी विक्री नहोलाकी भन्ने उनलाई चिन्ता छ । यसकालागि सरकारी वा निजि क्षेत्रबाटै भएपनि जिल्लामा ठूलो क्षमताको शित भण्डार तथा किवी प्रशोधन उद्योगको स्थापना गरिए किवी कृषक तथा फमहरुलाई ठूलो राहत हुने खड्काको भनाई छ । किवी प्रशोधन उद्योग जिल्ला भित्रै स्थापना भएमा उत्पादित किवी खेर नगई किवी उत्पादकहरु घाटामा नजाने भएकोले यसतर्फ सरकारी तथा निजिक्षेत्रको ध्यान जान आवश्यक रहेको खड्काले बताईन ।
फममा अहिले एलिसन, मन्टी, हेवार्ड, ब्रुणो तथा मिनि किवी जातका किवीको खेती भइरहेको मंलशा कृषि तथा पशुपन्छि फमले बताएको छ । साथै कागति तथा अन्य विरुवाको नर्सरी पनि फममा राखिएको छ । भविष्यमा ट्राउटमाछा तथा कुखुरा पालन समेत गर्ने योजना रहेको प्रोप्राइटर खड्काले बताइन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।