गौरिशंकर ५ मा नागरिक आरोग्य केन्द्र स्थापना

 आवाज संवाददाता     ८ चैत्र २०७८, मंगलवार

नवराज शिवाकोटी
चैत्र,८

चरिकोट/दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्बर ५ मा नागरिक आरोग्य केन्द्रको स्थापना गरिएको छ । सोमबार एक कार्यक्रमका विच नागरिक आरोग्य केन्द्रको उद्घाटन गरिएको हो ।
गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयंबहादुर खड्काले आरोग्य केन्द्रको उद्घाटन गरेका हुन् । उद्घाटनका अवसरमा गौरिशंकर गाउँपालिकाका विभिन्न वडा वडाध्यक्षहरु , विद्यालयका प्रतिनिधि तथा तथा पालिका स्तरीय विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

जिल्ला आयुर्वेद कार्यालय अन्तर्गत यो समेत ७ स्थानीय तहमा नागरिक आरोग्य केन्द्र रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दोलखाकी कविराज निरीक्षक अर्चना कुमारी झा ले जानकारी दिइन । अब बैतेश्वर गाउँपालिका तथा जिरी नगरपालिकामा मात्र नागरिक आरोग्य केन्द्र स्थापना गर्न बाँकी रहेको छ ।

आगामी दिनमा “मेरो स्वास्थ्य मेरो जिम्मेवारी“ भन्ने मूल नारा लाई सार्थक पार्न आम नागरिकलाई शारिरीक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ एवं सफल बनाउने उद्देश्यका साथ पालिकामा नागरिक आरोग्य सामिति गठन गरी सो समिति मार्फत स्वस्थ जीवन शैलीको अभियान समेत सञ्चालन गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाले बताएको छ ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।