दोलखामा राप्रपामा युवाहरुको आकर्षण बढ्दै

 आवाज संवाददाता     ९ चैत्र २०७८, बुधबार

काठमाडौँ/दोलखामा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रती युवा आकर्षण बढ्दै गएको पाइएको छ ।
यसै क्रममा मंगलवार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेले दोलखा जिल्लाका विभिन्न गाँउपालिका युवाहरूलाई राप्रपा केन्द्रीय कार्यालय धुम्वाराहीमा राप्रपाको सदस्यता दिई पार्टी प्रवेश गराएका छन् ।
मंगलबार आयोजित कार्यक्रममा उनले राप्रपामा सवैलाई स्वागत गर्दै सक्रियतापूर्वक लाग्न आह्वान गरेका छन् । कार्यक्रममा पार्टी सहायक महामन्त्री विजय खड्का सहायक प्रवक्ता प्रवीणकुमार थोकर राप्रपा दोलखा जिल्ला सचिव रामवहादुर तामाङको उपस्थिति रहेको थियो ।

पार्टी प्रवेश गर्नेमा नेपाली काङ्ग्रेस परित्याग गरि मेलुङ ४, भेडपुबाट सुवास खड्का, राजन थोकर, नेकपा एमाले परित्याग गरि मेलुङ ४, भेडपुबाट दिनेश विक, मेलुङ ७ बाट सुरेन्द्र भण्डारी, आयुश भन्डारी, तामाकोसी १ बाट राकेश भुजेल, अभिषेक सुनुवार, बिराज थापा, सन्तोष कटुवाल, प्रकाश कार्की, सीमा शर्मा, सुष्मा भुजेल, गंगा भुजेल, गौरीशंकरबाट सुशीला आचार्य, भिमेश्वोर नगरपालिकाबाट अनिता घिसिङ, बैतेश्वरबाट बिष्णुमाया थिङ तामाङ, नेकपा माओवादी परित्याग गरी जिरी नगरपालिकाबाट लोकेन्द्र कुमार पाख्रिन, भरत तामाङ, निमा छिरिङ तामाङ, शान्त कुमार पाख्रिन, बाबुराम तामाङ, सुमन बिक, सुफन बिक, मीन बहादुर बिक, देवबहादुर बिक लगायत तीन दर्जन भन्दा बढी युवाहरू रहेका छन् । दोलखामा राप्रपा प्रवेश गर्ने युवाहरूको लहरले आगामी दिनमा राप्रपा प्रतिस्पर्धी पार्टीको रूपमा उभिने सम्भावना बढ्दै गएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।