राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले सुरु गर्यो घर–दैलो अभियान

 आवाज संवाददाता     २८ चैत्र २०७८, सोमबार

चरिकोट/राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले घरदैलो तथा कोण सभा अभियान शुरु गरेको छ । सोमबारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले आसन्न स्थानीय तहो निर्वाचनलाई लक्षित गदै घर–दैलो अभियान शुरु गरेको हो ।

सदरमुकाम चरिकोटबाट आज घरदैलो अभियान तथा कोण सभा गर्ने क्रमको सुरुवात भएको राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष राजनबहादुर शिवाकोटीले जानकारी दिए ।
घरदैलो अभियान तथा कोण सभाअघि निकालिएको जुलुसले नगर परिक्रममा गरको थियो । संबैधानिक राजतन्त्रको पूनःस्थापना तथा हिन्दु राज्यको स्थापना राप्रपाको मुख्य राजनैतिक माग रहेको छ ।

राप्रपा दोलखाले भीमेश्वर नगरका चारवटा वडा तथा शैलुङ गाउँपालिकाको दुई वडामा स्थानीय निर्वाचनकोलागि वडाका उम्मेद्वार चयन गरिसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले बताएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।