नेपाली काँग्रेस गौरिशंकर गाउँपालिका अध्यक्षको उम्मेद्वारमा श्याम सुन्दर तामाङ सर्वसम्मत

 आवाज संवाददाता     २८ चैत्र २०७८, सोमबार

चरिकोट/दोलखा जिल्लाको गौरिशंकर गाउँपालिकाको अध्यक्षको उम्मेद्वारमा नेपाली काँग्रेस गौरिशंकर गाउँपालिकाले सर्वसम्मत रुपमा श्याम सुन्दर तामाङलाई उम्मेद्वार चयन गरेको छ ।

चैत्र २५ गते बसेको नेपाली काँग्रेस गौरिशंकर गाउँपालिकाको बैठकले तामाङलाई सर्वसम्मत रुपमा गाउँपालिका अध्यक्षको उम्मेद्वारको रुपमा सर्व सम्मतिले चयन गरेको नेपाली काँग्रेस गौरिशंकर गाउँपालिका कार्य समितिले बताएको छ ।

तामाङ गौरिशंर गाउँपालिका नेपाली काँग्रेसका वर्तमान पार्टी सभापती समेत हुन् । दोलखामा पहिलो पटक औपचारिक रुपमा स्थानीय तहबाट पालिका अध्यक्षको उम्मेद्वारको रुपमा शिफारिस हुने तामाङ पहिलो उम्मेद्वार बन्न सफल भएका छन् ।
यदी सत्ताधारी दलहरुको स्थानीय तहको निर्वाचनमा दोलखा जिल्लामा गठबन्धन भएमा गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेसलाई प्राप्त हुने भएमा सो पदकालागि पनि श्यामस्न्दर तामाङलाई नैं उम्मेद्वार बनाउने नेपाली काँग्रेस गौरिशंकर गाउँपालिका कार्य समतिले निर्णय गरेको नेपाली काँग्रेस गौरिशंकर गाउँपालिकाका उपसभापती ईन्द्रबहादु खत्रीले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।