सर्वदलीय बैठकमा भागलिन नबोलाएकोप्रति राप्राद्वारा आपत्ति प्रकट

 आवाज संवाददाता     २८ बैशाख २०७९, बुधबार

बैशाख, २८
जिरी/ राष्ट्रिय प्रजातन्त्र पार्टी जिरी नगर समितिलाई निर्वाचन आयोगले सर्वदलीय बैठकहरुमा भागलिन आमन्त्रण नरेको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी जिरी नगरसमितिले आपत्ति प्रकट गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै जिरी नगरसमितिले आपत्ती प्रकट गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिरी नगर समितिकी सचिव सृष्टि न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा जिरीका निर्वाचन अधिकृतले नियतबस राप्रपालाई नबोलाएको र नबोलाउनुको कारण सोध्न जाँदा गाली गलौज र दुब्र्यवहार गरेको आरोप लगाइएको छ । वडाहरुमा निर्वाचन प्रयोजनकालागि राखिएको बैठकमा समेत राप्रपालाई बेवास्ता गर्ने गरिएको राप्रपा जिरी नगर समितिको भनाई छ । जिरी निर्वाचनकार्यालय स्थापना भएदेखिनै आफूहरुमाथी विभेद भएको राप्रपाको आरोप छ ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।